जिल्ला प्रहरी कार्यालय कैलालीले गएराती लागू औषध ब्राउन सुगर सहित दुई महिला र १ पुरुष सहित ३ जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका १ स्थित होटल पुष्पान्जलीको कोठा नम्बर ७०१ बाट ३ ग्राम ७६० मिलिग्राम लागु औषध ब्राउन सुगर सहित धनगढी ५ का इन्द्रजीत धामी , धनगढी ८ कि एलिसा तामाङ र बाजुरा त्रिवेणी नगरपालिका ३ घर भई धनगढी उपमहनगरपालीका १ बस्ने मोनिका थापा भन्ने मोनिका बुढालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता एबम प्रहरी नायब उपरीक्षक ९डिएसपी० दक्षकुमार बस्नेतले जानकारी दिए ।
ब्राउन सुगरको कारोबार भैरहेको सुचना प्राप्त भएपछी होटेलमा छापा मारेर पक्राउ गरिएको उनले बताए । पक्राउ परेका तिनै जनालाई लागु औषध ब्राउग सुगर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको डिएसपी बस्नेतले जानकारी दिए ।