धनगढी : धनगढीमा दलितका समस्या र समाधानका विषयमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ। लुथरन विश्व महासंघको सहयोग तथा दलित कल्याण संघको आयोजनामा भएको कार्यशाला गोष्ठी सम्पन्न भएको हो।
दलित अन्दोलनका नेता मोतिलाल नेपालीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिती सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापा रहेका थिए। यस्तै उक्त कार्यशालामा प्रदेश सभा सदस्य नेपालु चौधरी, टेकबहादुर रैका, दुर्गा विक, महेशदत्त जोशी, उमा वादी लगायतकाको सहभागिता रहेको थियो।
