धनगढी, ११ मङ्सिर – सीमा अतिक्रमणका विरुद्ध राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटीले कालापानी अभियान सुरु गरेको छ । नेपाली भूमि फिर्ता गर्न जनदवाव सिर्जना गर्ने उद्देश्यले जनमोर्चाले धनगढीदेखि दार्चुला सम्म मोटरसाइकल ¥याली सुरु गरेको छ ।
धनगढी बाट सुरु भएको (याली, डोटी, डडेलधुरा, बैतडी हुँदै १६ गते दार्चुला पुग्ने छ । दार्चुलाको खलङ्गा, गोकुलेश्वरमा विरोध सभा पछि १७ गते (याली कञ्चनपुरको मदन चोकमा कोण सभामा परिणत भई समापन हुने प्रदेश कमिटी अध्यक्ष नन्दराज भट्टले बताए ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा सहित सार्वजनिक गरिएको भारतीय नक्सा खारेजीको माग राख्दै कालापानी अभियान अन्तर्गत धनगढी देखी दार्चुला सम्म (याली आयोजना गरिएको उनले बताए ।