शब्द र तस्बिरहरु : प्रकाश मिश्र /सुखड
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानकै क्रममा कैलालीको गौरिगंगा नगरपालिकाले छाउगोठका कारण महिला माथी हिंसा बढ्दै गएको भन्दै छाउगोठ भत्काएको छ ।
मंगलबार नगरपालिकाको उपप्रमुख अन्चला चौधरीको नेतृत्वको टोलिले वडा नम्बर १ बचलापुरस्थित स्थानियका घरमा रहेका छाउगोठ भत्काएको छ । छाउगोठ भत्काउदै उपप्रमुख चौधरीले समाजमा रहेको कुरितिका कारण महिलाहरुमाथी हिंसा बढ्दै गएकाले यस्ता कुरितीलाई जरैबाट उखेल्ने अभियान चलाउने बताउनुभयो ।
नगरपालिकाले थालेको छाउगोठ भत्काउने अभियानलाइ हेर्नुस तस्वीरमा





