आजको पत्रपत्रिकामा प्रधानमन्त्रीको स्वास्थ्य अस्वस्थाको विषयलाई लिएर सबैजसो पत्रिकाले प्रमुख समाचार बनाएका छन् ।
कान्तिपुर दैनिकमा प्रधानमन्त्री भेन्टिलेटरमा राखेर उपचार भइरहेको समाचार लेखेको छ । ‘एपेन्डिसाइटिस’ को आकस्मिक शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री केपी शर्मा ओलीको सघन उपचार जारी छ ।
उनको उपचार भइरहेको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार मंगलबार राति अबेरसम्म स्वास्थ्य ‘स्थिर’ छ ।स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार विहान ९ बजे अस्पताल पु¥याइएको हो ।
नागरिक दैनिकले तीन जलमार्ग र थप दुई नाका ब्लक कार्गो सुविधा दिन भारत सहमत रहेको विषयमा प्रमुख समाचार लेखेको छ । तेस्रो मुलुकसँग व्यापार तथा पारबहनमा पहुँच विस्तार गर्न नेपालीलाई तीनवटा जलमार्ग र थप दुर्य नाकासम्म ब्लक कार्गो ढुवानी सुविधा दिन भारत सहमत भएको छ । यो पारवहन क्षेत्रमा नेपालका लागि नयाँ फड्को हो । काठमाडौंमा मंगलबार शुरु नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन द्धिपक्षीय बैठकमा नेपालको सो प्रस्तावमा भारतीय अधिकारीले सहमति जनाएका हुन् ।
अन्नपूर्ण पोस्टले नक्कली भ्याटमा ११ अर्बको मुद्दा शिर्षकमा प्रमुख समाचार लेखेको छ । राजस्व अनुसन्धान विभागले ११ अर्ब रुपैयाँ राजस्व छलीको अनुसन्धान टुंग्याएको छ । गत वर्ष सुरु गरिएको नक्कली भ्याट विल ९मूल्य अभिबृद्धि कर विजक० को अनुसन्धानमा विभागले ६ अर्ब ८२ करोड रुपैयाँ विगो दावी सहित मुद्दा दायर गरिसकेको छ ।
थप मुद्दा दायर गर्ने तयारी भइरहेको महानिर्देशक दीर्घराज मैनालीले बताए । शुल्क फिर्ता गर्न मेडिकल कलेज प्रतिबद्ध भएको समाचारलाई अन्नपूर्णले पहिलो पृष्ठमा लेखेको छ । अन्नपूर्ण लेख्छ– मेडिकल कलेज सञ्चालकहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्कवापतको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा मंगलबार राति मन्त्रालयलमा भएको वार्तामा उनीहरुले शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएका हुन् । मन्त्रालयका अधिकारी र कलेज सञ्चालकबीच भएको सहमतिअनुसार बुधबारदेखि नै शुल्क फिर्ता प्रक्रिया सुरु हुनेछ । शिक्षामन्त्री पोखरेले भने, ‘मेडिकल कलेजहरु शुल्क फिर्ता गर्न वा आवश्यकताअनुसार समायोजन गर्न सहमत भएका छन् । यो काम बुधबारदेखि सुरु हुन्छ ।
