प्रकश मिश्र
सुखड १० मंसिर ।
कैलालिको गौरिगंगा नगरपालिका वडा नम्बर -९ मा अपांगता भएका ब्यक्तिलाइ कम्बल तथा सिलाइ कटाइ मेसिन बितरण गरिएको छ ।
गौरिगङ्गा नगरपालिका वडा नम्बर -९ काे अार्थिक सहयोग र अपांग समन्वय समिति काे अायाेजना मा वडामा रहेका ७३ जना अपांग हरुलाई कम्मल तथा ५ जनालाई सिलाई मेशिन बितरण गरिएको हो।
वडामा रहेका अपांगता भएका ब्यक्तिहरुलाइ जाडोमा केही न्यानोपन दिने प्रयास स्वरुप कम्बल बितरण गरिएको वडा नम्बर ९ का अध्यक्ष हरिप्रसाद तिवारीले बताउनुभयो ।
अध्यक्ष तिवारिले सिलाइ कटाइ सीप भएका तर मेसिन खरिद गर्न नसक्ने स्थितिका अपांगता भएका ब्यक्तिको ब्यबसायिकता वृद्धिका लागि सिलाइ कटाइ मेसिन बितरण गरिएको बताउनुभयो ।