धनगढी, १० मंसिर
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्ट लैङ्गिक हिंसा बिरुद्धको अभियान लिएर विद्यालयतहमा पुगेकी छन् ।
अभियानका क्रममा बुधवार उप–प्रमुख भट्टले धनगढी उप–महानगरपालिका १ स्थीत त्रिनगर माध्यमिक विद्यालय कानुन संकायका विद्यार्थीहरु अन्तरक्रिया गरिन । अन्तरक्रिया कार्यक्रममा उप–प्रमुख भट्टले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको महत्वको बिषयमा प्रष्ट पारिन । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउने गरिन्छ उप–प्रमुख भट्टले भनिन्, नेपालमा पनि २०५४ सालदेखि यो दिवस मनाउन थालिएको हो ।
उप–प्रमुख भट्टले यो वर्ष ‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यबद्धता” भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान देशभरी मनाउन थालिएको बताईन । अहिले पनि लैङ्गिक रुपमा हेर्ने हो भने महिला माथी नै बढि हिंसा हुने गरेको छ उप–प्रमुख भट्टले भनिन्, यसका लागि समाजिक रुपमा जागरण ल्याउनुपर्छ । धर्म , परंपरा र बिश्वासका नाममा महिला माथी गरिने हिंसाको अन्त्य आवश्यक छ उप–प्रमुख भट्टले भनिन्, यसका लागि यस्तै प्रकृतीका अभियानले सहयोग पु¥याउँछ ।
त्रिनगर माध्यमिक विद्यालयका प्रअ भूपाल सिंह खड्काले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानले महिला माथी हुने शारिरिक, मानसिक तथा सामाजिक हिंसा अन्त्य गर्नमा सहयोग पुग्ने आशा राखे । उप–प्रमुख भट्ट धनगढीका बिभिन्न विद्यालयमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान लिएर अन्तरक्रिया गर्दै हिडेकी छन् ।
उप–प्रमुख लैङ्गिक हिंसा बिरुद्धको अभियान लिएर विद्यालयमा
उप–प्रमुख लैङ्गिक हिंसा बिरुद्धको अभियान लिएर विद्यालयमा
