खेत भरि फुल्न मन छ, तोरि फुले सरि॥
खिल्खिलाई हास्न मन छ, आकाश खुले सरि॥
जिन्दगीका खुशीहरु,बटुलेर अञ्जुलीमा,
भुन्भुनाउदै डुल्न मन छ, मौरि डुले सरि॥
सिर(सिर बहने त्यो बतासमा लहर हुँदै,
आँगन भरि झुल्न मन छ, धान झुले सरि॥
यथार्थका कथाहरुलाई थाती राख्दै,
दुःख पीडा भुल्न मन छ, सपना भुले सरि॥
बारि हेर्दैं काल्पनिक मेरो दुनिया खुल्दा,
यहीँ प्रकृतिमा घुल्न मन छ, चिनी घुले सरि॥
इन्दु धामी
महेन्द्रनगर