• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

चुनावको प्रचार गर्दै कञ्चनपुरमा आरजु, नेकपाका दुई दर्जन कार्यकर्ता भित्रिए काँग्रेसमा

दीपेन्द्र बस्नेत
(पुनर्वास)कञ्चनपुर ३ मंसिर
देशका बिभिन्न जिल्लाहरुमा हुँदै गरेको उप निर्वाचनमा आफ्ना उम्मेदवार जिताउन जनमत निर्माणमा सकृय देखाउदै नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवा कञ्चनपुर पुगेकी छिन ।

वडा अध्यक्ष पदका लागि हुँदै गरेको उप निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारलाई जिताउन कार्यकर्ता संग छलफलका लागि कञ्चनपुरको पुनर्वास पुगेकी नेतृ देउवाले नेकपाका कार्यकर्ताहरुलाई नेपाली काँग्रेसमा प्रवेश समेत गराएकी छिन् ।

कञ्चनपुरको पुनर्वासमा मंगलबार कार्यकर्ता भेलामा सम्बोधन गर्दै नेतृ देउवाले भनिन ( दुई तिहाईको दम्भ पालेर बसेको नेकपा सरकारले सत्ताको दुरुपयोग गरेर निर्वाचनलाई प्रभावित पार्न सक्छ यस तर्फ कार्यकर्ता चनाखो हुन पर्छ । नेतृ देउवाले भनिन् अढाइ वर्षको अवधिमा कमिसन , भ्रष्टाचार गर्दै आफू र आफ्ना नजिकका मान्छेलाई पोस्ने बाहेक नेकपाका नेताहरुले केही गर्न सकेनन । उनले भनिन् ( नेकपा सरकाले कृषकहरुको उत्पादन वृद्धिका लागि कार्यक्रम ल्याउनुको साटो उल्टै कृषकबाट चर्को कर असुल्न थालेको छ ।

पुनर्वासको आईबिआरडीमा आयोजित कार्यकर्ता भेलामा बोल्दै नेतृ आरजु देउवाले भनिन ( देशको क्याबिनेट मन्त्री रहेको वडामा बिकास शून्य रहेछ भने देशको बिकास गर्ने त कुरै हुँदैन । द्वन्दकालमा सबै भन्दा बढी तामाङ , थारु लगायत अन्य समुदायलाई सत्ता हत्याउन कम्युनिस्टले प्रयोग गरे ।

सोही कार्यक्रमका विशिष्ट अतिथी रहेका नेपाली काँग्रेसका नेता तथा पुर्व साँसद दिवानसिंह बिष्टले भने ( देशमा समावेशी प्रतिनिधित्वको कुरा गरेर कम्युनिस्टले जनताको आँखामा छारो हालेका छन । तर नेपाली काँग्रेसले समावेशी प्रतिनिधित्व ब्यबहारमै लागू गरेको छ । कम्युनिस्ट बोल्छन धेरै काँग्रेस ब्यबहारमा उतार्ने पार्टी हो । नेता बिष्टले भने “ सुदुरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा र कञ्चनपुरको महाकाली नगरपालिकामा मेयर दलित समुदायको प्रतिनिधित्व गराएर जिताएको छ । समावेशीको चर्को कुरा गर्दै हिड्ने कम्युनिस्टहरुले किन दिएनन दलित समुदायलाई मेयर यो हरेक जनताले बुझ्न आबश्यक छ । “ नेता बिष्टले भने (बिकास र जनताको काम गर्ने भनेकै काँग्रेस हो यो क्षेत्रमा जति पनि बिकासका काम भए ती काँग्रेसकै पालामा भएका हुन । “

उप निर्वाचन हुँदै गरेको पुनर्वासको ३ नम्बर वडामा नेकपाका दुई दर्जन कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । लामो समय कम्युनिस्ट राजनीतिमा साँस्कृतिक मञ्चमा काम गर्दै आएका मानबहादुर ओड लगायतले नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन । नेकपाबाट बेदमाया लोहनी, अञ्जलि तामाङ, गंगा थापा, गोपाल लोहनी, विशाल तामाङ्ग, सन्त मगर, पदम सुनार, लक्ष्मी लनमिछाने,चन्द्रा मगर, बिन्दु मोक्तान, देवी पाण्डे, अमर सुनार, निरल तामाङ्ग, बद्री बि.क, सपना बि.क., सुदीप तामाङ्ग, जेरी तामाङ्ग मान बहादुर तामाङ्ग, सुक बहादुर तामाङ्ग, कर्ण बहादुर तामाङ्, कुमारी तामाङ्ग, मित्र तामाङ्ग, कान्छी माया तामाङ्ग, कमला तामाङ्ग, सुमित्रा तामाङ्गले नेपाली काँग्रेसमा प्रवेश गरेका हुन ।

मङ्गलबार, मङि्सर ०३, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.