काठमाडौं । भारतको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र रावतले नेपाली भूमि कालापानी भारतीय भूभाग भएको दाबी गरेका छन् ।
उत्तराखण्डको राजधानी देहरादुनस्थित गान्धी पार्कमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री रावतले सञ्चारकर्मीसँगको कुराकानीमा कालापानी भारतको भएको दाबी गरेका छन् ।
“कालापानी भारतको थियो र रहने छ,” उनले भने । मुख्यमन्त्री रावतले नेपालले कालापानी आप्mनो भूमि भन्नु दुर्भाग्यपूर्ण भएको बताए । “नेपाल भारतको मित्र राष्ट्र हो । दुबै देशको संस्कृति समान छ । वार्ताका माध्यमबाट यसको समाधान गरिने छ ।”
साभार : बाह्रखरी