फूलवारी, ०१ मंसीर/ धनगढी उप महानगरपालिका वडा नम्बर १९ फूलवारीमा महिलाहरुको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । सुरक्षीत मातत्वृ सञ्जाल कैलालीको आयोजनामा आईतबार फूलवारी स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको थियो ।
उप–महानगरपालिकाको सहकार्यमा भएको शिविरमा महिलाको पाठेघर सम्बन्धी समस्याको निःशुल्क स्वास्थ्य परीक्षण, भिडियो एक्सरे, पाठेघर खस्ने, पाठेघरको क्यान्सर, यौन रोग, एचआइभी परिक्षण, सहित औषधि वितरण गरिएको थियो ।
उक्त शिविरमा सेति प्रादेशीक अस्पतालकी स्त्री तथा प्रसुती रोग विशेष डाक्टर अन्जना अर्याल सहित ६ जना डाक्टरको टोलिले स्वास्थ्य जाँच गरेको थियो । शिविरमा ३ सय ५० जनाले सेवा लिएका स्वास्थ्य चेक जाचँ गराएका थिए । स्वास्थ्य शिविरमा पाठेघरको क्यान्सर, यौन रोग, सेतो पनि बग्ने, पाठेघर खस्ने समस्या भएका बढी भेटीएको डाक्टर अर्यालले जानकारी दिइन् । “जाँच गरेका धेरैको स्वास्थ्य सामान्य नै छ, पाठेघरमा घाउ भएको र क्यान्सर नै देखिएकोलाई थप उपचारका लागि ठुलो अस्पतालमा रिफर गरेका छौँ उनले भनिन् ।
कम उमेरमा विवाह गर्ने, खानपान तथा सरसफाइमा ध्यान नदिने, धेरै जनासंग यौनसम्बन्ध राख्ने, धेरै बच्चा जन्माउने र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा पाठेघर क्यान्सरको जोखिम बढी हुने डा. अर्यालले बताइन् ।
स्वास्थ्य शिविर उद्घाटनमा प्रमुख नृप वडले महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धी विभिन्न शिविरहरु सञ्चालन गर्दै आएको बताए । नगरपालिकाले आँखा शिविर, सिकलसेल एनिमियाका शिविर, हाइड्रोशिल रोगको शिविर लगाएतका स्वास्थ्य सम्बन्धी शिविरहरु सञ्चालन गरीसकेको बताए । आम नागरीकलाई स्वास्थ्य सेवा प्रदान गर्न निःशुल्क शिविरहरु सञ्चालन गरी सेवा दिदै आएको बताए ।
शिविरको उद्घाटन गर्दै नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले गरेकी थिईन् । नेतृ देउवाले कार्यक्रममा बोल्दै महीलाको स्वास्थ्य सुधार भएमात्रै परिवार र समाजको स्वास्थ्य सुधार हुने बताइन् । उनले अझैपनि गाउँघरमा महिलाहरु प्रजनन् र यौन सम्बन्धीका समस्याहरु लुकाउने गरेको बताइन् । परिवारमा खुलेर नभन्ने, उपचारको लागी अपस्ताल नजाने जस्ता समस्या रहेको भन्दै आगामी दिनमा यस्ता कुप्रथाको अन्त्य गर्नुपर्ने बताइन् ।
महिलाहरुले पाठेघर र प्रजनन् सम्बन्धी समस्याले दिनहुँ ज्यान गुमाईरहेको बताउदै यस्ता समस्याहरु लुकाउन नहुने भन्दै परिवार र समाजमा खुलेर भन्न सक्नुपर्ने धारणा राखीन् ।
महिलाहरुले आफुमा भएका समस्या भन्न लजाउने गरेकाले सचेतना जगाउने र घरदैलोमै विशेष डा. ल्याएर उपचार सेवा उपलब्ध गराउदाँ स्थानिय महिलाहरुलाई जाँच गर्न सहज हुने भएकाले शिविर आयोजना गरिएको उनले बताइन् ।
महिला स्वास्थ भएमात्रै परिवार र समाजको सुधार : कांग्रेस नेतृ राणा देउवा
महिला स्वास्थ भएमात्रै परिवार र समाजको सुधार : कांग्रेस नेतृ राणा देउवा