धनगढी २८ कार्तिक- नेपाल कम्युनिष्ट पार्टी नेकपा सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले जिल्ला नेतृत्व टुंगो लगाएको छ । सुदूरपश्चिमका प्रदेशका ९ वटै जिल्लामा संयोजक र सह –संयोजक चयन गरेको हो ।
कैलालीमा राजु बमलाई संयोजक र बसन्त सिंह कार्कीलाई सह–संयोजकको जिम्मा दिईएको छ । राजु वम साबिक युवा संघ हुने भने बसन्त कार्कि वाईसीएल हुन ।
सुदूरपश्चिमका ९ जिल्ला कमिटी मध्ये तत्कालीन एमाले निकट युवा संघले ५ र साविक योङ कम्युनिस्ट लिग वाईसीएल ले ४ जिल्ला संयोजक पाएका छन । त्यस्तै, वाईसीएलले ५ जिल्लामा र युवा संघले ४ जिल्ला सह–संयोजक पाएका छन । युवा संघ नेपालले यही कात्तिक ३० गते काठमाडौंमा केन्द्रीय समितिको शपथग्रहण र मंसिर १ गते राष्ट्रिय भेला समेत आयोजना गरेको छ ।