धनगढी, २८ कातिक
डडेल्धुरामा बसेको सत्रौ अनशन नवौ दिनमा स्थगित गरेर तराई झरेका डा. गोविन्द केसी उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना भएका छन् ।
डडेल्धुराबाट साँझ ७ः३० बजे धनगढी पुगेका उनलाई जाँच गरेपछि चिकित्सकहरुले उपचारका लागि अस्पतालमै बस्न सुझाव दिएका हुन् ।
अस्पतालकौ शैयाबाटै डा. केसीले राष्ट्रियतासंग जोडिएको कालापानी र लिम्पुयाधुरा अतिक्रमणको मुद्दाका कारण अनशन स्थगित गरेपनि आफ्ना माग पुरा नभए पुनः अनशन बस्ने चेतावनी दिए ।उनले जनताको स्वास्थ्यसंग जोडिएका मुद्दालाई गम्भीरता लिई आफूसंग गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सरकारसंग आग्रह गरे । डा. केसीको उपचारमा संलग्न सेती प्रादेशिक अस्पतालका डा. निराजनदत्त शर्मा पौडयालले डा. केसीलाई आरामको आवश्यकता रहेको बताए ।
अनशनका कारण डा. केसीको स्वास्थ्यमा समस्या देखिएको छ,डा. शर्माले भने, उहाँलाई आरामको जरुरत छ । उपचाररत डाक्टर केसीको स्वास्थ्य अवस्थाको बारेमा बुधवार राती नै सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेस संसदियदलका नेता रणबहादुर रावल, धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, यूवा नेता सन्तोष मुडभरी लगायतका नेताहरु सेती अंचल अस्पताल पुगेका थिए । सेती प्रदेशीक अस्पताल धनगढीका मेडिकल सुपरिटेन्डेन डाक्टर हेमराज पाण्डेले बिशिष्ट कक्षमा राखेर टाक्टर केसीको उपचार भैरहेको बताए ।
डाक्टर गोविन्द केसीको उपचार सेती अञ्चल अस्पतालमा
डाक्टर गोविन्द केसीको उपचार सेती अञ्चल अस्पतालमा