• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

दार्चुला सीमाका बासिन्दालाई बाटोसमेत छैन

दार्चुला, २७ कात्तिक- लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपाली भूभाग राखेर भारतले नयाँ नक्सा सार्वजनिक गरे सँगै यस क्षेत्रमा चर्को विरोध हुन थालेपछि सुदूरपश्चिम मन्त्रिपरिषद्को सोमबार बसेको आकस्मिक बैठकले प्रदेश सरकारले छांगरु र तिंकर जोड्ने गोरेटो बाटो निर्माण गर्ने निर्णय गर्यो।

अतिक्रमित भूमि फिर्ताका लागी कूटनीतिक पहल गर्न र सीमामा सुरक्षा बल राख्न संघीय सरकारसँग अनुरोध गर्ने तथा व्यास गाउँपालिका–२ दुम्लिङदेखि छांगरु र तिंकरसम्म घोडेटो बाटो प्रदेश सरकारले निर्माण गर्ने निर्णय आकस्मिक रुपमा बसेको बैठकले गरेको हो।

प्रदेश सरकारले कति किलोमिटर बाटो बनाउने र कति बजेट विनियोजन गर्ने भन्ने यकिन गरिसकेको छैन। भारतीय अतिक्रमणमा परेका लिम्पियाधुरा कालापानी क्षेत्रमा रहेका कुटी, नाभी, गुन्जी, छांगरु र तिंकरमध्ये तीन गाउँका बासिन्दालाई भारतले नागरिकता र रासन कार्ड दिइसकेको छ। सौका जातको बसोवास रहेका छांगरु र तिंकरमा पञ्चायत कालयता गोरेटो बाटोसमेत बनाइएको छैन।

प्रदेश सरकारले घोडेटो बाटो बनाउने भनी गरेको निर्णयले सीमा क्षेत्रका बासिन्दा खुसी भए पनि निर्णय कार्यान्वयनमा ढुक्क छैनन्। ‘पञ्चायतमा बनाएको घोडेटो बाटो अहिले छैन’, स्थानीय सन्तोषकुमार ऐतवालले भने, ‘अहिले प्रदेश सरकारले गरेको निर्णय छिटो कार्यान्वयन होस् भन्ने चाहन्छौं।’

दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने तिंकर र छांगरु गाउँ भौगोलिक रुपमा विकट छन्। कालापानी, लिम्पियाधुरा, लिपुलेक पर्ने दार्चुलाको व्यास क्षेत्रमा पैदल मार्गसमेत छैन। जिल्ला सदरमुकाम तथा गाउँपालिका केन्द्रसम्म जान भारतीय प्रशासनको अनुमति लिएर उनीहरुको भूमि भएर जानुपर्ने बाध्यता छ।

२०१९ सालमा छांगरु गाउँका बहादुर सिंह ऐतवाल राष्ट्रिय पञ्चायत सदस्य भएपछि उनकै पहलमा यस क्षेत्रमा व्यापारिक घोडेटो बाटो निर्माण भएको स्थानीय बताउँछन्।

ऐतवालकै पहलमा पञ्चायतकालमा दार्चुलादेखि तिंकरसम्मको ८० किमि र छांगरुदेखि कालापानीसम्मको १२ किमि लामो घोडेटो बाटो निर्माण भएको उनका छोरा सन्तोशकुमार ऐतवालले बताए। ‘पञ्चायत कालमा बनाएको घोडेटो अहिले बन्द छ’, उनले भने, ‘त्यसपछि घोडेटो बाटोसमेत बनेन।’ तीनपटक राष्ट्रिय पञ्चायत सदस्य चुनिएका ऐतवाल २०३० सालतिर वन सहायक मन्त्रीसमेत भएका थिए।

आजको नागरिक दैनिकबाट

बुधबार, कार्तिक २७, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.