बैतडी, २६ कात्तिक– सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । भारतको मुन्सीयारी केन्द्रबिन्दु भएर गएको ४ दशमलब ६ रेक्टर स्केलको भूकम्पका कारण बैतडी र दार्चुलामा धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
मंगलबार बिहान ७ः४५ बजे भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहले बताइन् । भूकम्पबाट कुनै क्षति नभएको शाहले जानकारी दिइन् ।