पुर्नवास ,१४ कात्तिक
कंचनपुरको दोदा नदिमा डुबेर एक जनाको मृत्यु भएको छ । पुनर्वास नगरपालिका १ बस्ने सुक बहादुर चौधरीका छोरा बर्ष धर्म बहादुर चौधरी माछा मार्ने क्रममा बुधबार दिउँसो पानिमा डुबेर मृत्यु भएको हो ।
चौधरी दोदा नदिमा माछा मार्न भनि बिहान ११ बजे घर बाट हिडेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । मृतक चौधरीको बुधबार दिउँसो एक बजेदेखी नेपाल प्रहरी र शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट बेलारी र स्थानियको सहयोगमा शव खोजि गरेकोे ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरिक्षक रण बहादुर चन्दले जानकारी दिनुभयो ।
उक्त शव तिन घण्टाको खोजिपछि भेट्टिएको हो । शव पोष्टमार्टमका लागि धनगढी लगिएको छ ।