• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

उपचुनाव :धरानमा कांग्रेस र समाजवादी उम्मेदवारसहित प्रचारमा, नेकपाले उम्मेदवार नै छान्न सकेन

सुनसरी – मंसिर १४ गते हुने उपचुनाव नजिकिँदै गर्दा धरान उपमहानगरपालिकामा राजनीतिक दलहरु चुनावी प्रचार प्रसारमा लागेका छन् ।नेपाली कांग्रेस, समाजवादी पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले मेयरको उम्मेदवार घोषणा गरेर चुनावी प्रचारमा होमिएका छन् ।

यस्तै मेयर पदका लागि एक जनाले स्वतन्त्र उम्मेदवारी समेत घोषणा गरेका छन् । धरानका मेयर तारा सुब्बाको निधन भएपछि आगामी १४ गते हुने चुनावमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले भने अझै मेयरको उम्मेदवार टुंगो लगाउन सकेको छैन । गएको साउन १ गते मिर्गौलाको रोगबाट पीडित तारा सुब्बाको उपचारको क्रममा निधन भएको थियो ।

नेपाली कांग्रेसले तिलक राईलाई धरान उपमहानगरको उम्मेदवार घोषणा गरिसकेको छ । तिलक राई यसअघिको स्थानीय तहको चुनावमा तारा सुब्बासँग पराजित हुनु भएको थियो ।

यसैगरी समाजवादी पार्टीले भने गजेन्द्र इस्वालाई उम्मेदवार बनाएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले भने अमर इजमलाई धरानको मेयरको उम्मेदवार बनाएको छ ।

यस्तै हर्क साम्पाङ्गले स्वातन्त्र रुपमा उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । स्थानीय तहको चुनावमा तत्कालीन एमालेबाट उम्मेदवारी दिनु भएका तारा सुब्बा २० हजार ९ सय ७५ मत ल्याएर विजयी हुनु भएको थियो । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले १६ हजार १ सय २ मत प्राप्त गर्नु भएको थियो ।

तत्कालीन माओवादी र तत्कालीन संघीय समाजवादी फोरमको संयुक्त प्यानलका उम्मेदवार आइन्द्रविक्रम बेघाले ११ हजार एक सय ८१ मत पाउनु भएको थियो । धरानमा ५२ हजार ८ सय ५३ जना मतदाता रहेका छन् ।

नेकपाले अझै उम्मेदवार छान्न सकेन

चुनावको मिति नजिकिँदै गर्दा पनि नेकपाले भने अझै धरान उपमहानगरको मेयरको उम्मेदवार कसलाई बनाउने भनेर टुंगो लगाउन सकेको छैन । आन्तरिक गुट र नेताहरुमा उम्मेदवार बन्ने तीव्र इच्छाका कारण उम्मेदवारको टुंगो लाग्न नसकेको हो ।

तत्कालीन एमालेले यसअघिका तीन वटै चुनावमा धरानको मेयर पदमा विजय हासिल गरेको थियो । माओवादीसँग एकता भएपछि जित सुनिश्चत हुने भन्दै नेताहरु उम्मेदवार बन्नका लागि दौडधुप गरिरहेका छन् ।

धरानको मेयरको उम्मेदवारमा अहिले पूर्व मेयर मनोज मेन्याङ्वो, प्रकाश राई, विजय राई, आइन्द्रविक्रम बेघालगायतका नेताको चर्चा छ । नेकपाका नेता मुक्साहाङ मेन्याङ्वोले केही दिनमै उम्मेदवारको टुंगो लगाउने बताउनुभयो । नगर कमिटिले बुधबार उम्मेदवारको नाम सिफारिस गर्दैछ । बुधबार नै जिल्ला कमिटीले पनि आएका नामहरुलाई प्रदेशमा पठाउने नेकपा स्रोतले जनाएको छ ।

उज्यालो खबरबाट

बुधबार, कार्तिक १३, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.