धनगढी, ३ कातिक
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले आईतबार उप–महानगरपालिका १९ आईगाउँमा आयोजित बृहत पुरुष तथा महिला फुटवल प्रतियोगिताको उद्घाटन गरेका छन् ।
सूर्मादेवी यूवा क्लवको आयोजनामा भैरहेको फुटवल प्रतियोगिता अहिले सम्मकै बृहत भएको दावी गरेका छन् । कातिक १५ गते सम्म चल्ने प्रतियोगितामा पुरुषका २२ वटा र महिलाका ८ वटा टिमहरु सहभागि छन् । प्रतियोगिताको उद्घाटन गर्दै धनगढी उप–महानगरपालिका खेलकुदको हव भएको बताए । खेलकुलको विकासका लागि वडातहमा स्तरीय खेलमैदान निर्माणका काम भैरहेका छन् । केहि वडामा खेलमैदान निर्माण भैसकेको बताउदै नगरप्रमुख वडले भने, बाँकी वडामा तयारी भैरहेको छ ।
नगरप्रमुख वडले खेलाडी भएको समाज र बस्ती अनुशासित हुने गरेको बताए । उनले भने, त्यसैले स्वास्थ्य र राष्ट्रका लागि मात्रै नभएर खेलकुद समाजका लागि पनि त्यतीकै महत्वपूर्ण रहेको छ । एक अर्को प्रसंगमा नगरप्रमुख वडले राम्रो गरेका कुराहरुलाई राम्रो ग¥यो भन्न नसक्ने प्रबृती हामी कहाँ रहेको बताए । उनले भने, सकारात्मक सोचको विकास नभएसम्म समाज रुपान्तरण हुन गाहे छ । नगरप्रमुख वडले राजनिति पेशा नभएर समाजसेवा भएको बताए । उनले भने, सम्मानित सर्बोच्च अदालतले स्थानीयतहका जनप्रतिनिधीहरुले मासिक तलव लिन नहुने भन्दै गरेको फैसलाको स्वागत गर्दछु ।
नगर प्रमुखद्धारा बृहत फुटवल प्रतियोगिताको उद्घाटन
नगर प्रमुखद्धारा बृहत फुटवल प्रतियोगिताको उद्घाटन
