प्रशिक्षण कार्यक्रमको उद्घाटन अध्यक्ष प्रचण्डबाट
धनगढी ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदुरपश्चिम प्रदेश कमिटीले प्रदेश भित्र नेकपाबाट निर्वाचित जनप्रनिनिधिहरुलाई तिन दिन धनगढीमा प्रशिक्षण दिने भएको छ ।
सोमबार धनगढीमा सम्पन्न पार्टी प्रदेश कमिटीको बैठकले स्थानीय तहका जनप्रतिनिधिहरुका लागि प्रशिक्षण गर्ने निर्णय गरेको थियो ।
प्रशिक्षणमा नेकपा बाट निर्वाचित नगर प्रमुख,उपप्रमुख,गाउपालिका अध्यक्ष,उपाध्यक्ष र जिल्ला समन्वय समितिका सबै पदाधिकारीहरुलाई प्रशिक्षण दिन लागिएको हो ।
३ दिने प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधिहरुलाई स्थानीय तहमा काम गर्ने शैली,न्यायीक समितिमा आईपर्ने जटिलता र पाार्टीबाट निर्वाचितहरुले पार्टीको निति र कार्यक्रम अनुसार जनतालाई दिनुपर्ने सेवाका बारेमा प्रशिक्षण चल्ने छ ।
सोमबार धनगढीमा बसेको प्रदेश कमिटीको बैठकले उक्त निर्णय गरेको हो । कार्तिक १ गते बाट सञ्चालन हुने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्न नेकपा अध्यक्ष एवम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी आउदैछन् ।