आजका अधिकांश पत्रपत्रिकाहरुमा नेपाल र चीनको सम्बन्ध र सम्झौतालाई विशेष प्राथामिकताको साथमा छापेका छन् ।
अन्नपूण पोस्ट – सम्बन्ध – ‘नयाँ उचाइमा’ ःनेपाल र चीन सम्बन्धलाई नयाँ गति र उचाइमा पुर्याउन चिनियाँ राष्ट्रपति सी चिङफिङको दुईदिने राजकीय भ्रमण सफल भएको छ ।
कान्तिपुर दैनिक – नेपाल– चीन अब रणनीतिक साझेदारःचिनियाँ राष्ट्रपति सी चिङफिङको दुइदिने राजकीय भ्रमणले राजनीतिक र कूटनीतिक अर्थमा महत्वपूर्ण संकेत छाडेको छ ।
नयाँ पत्रिका – भव्य भ्रमण – उत्कृष्ट सन्देश ः नेपाल र चीनको सम्बन्ध परिभाषित गर्ने नयाँ आयम बनेको छ – केरुङ काठमाडौं रेलमार्ग । भौगोलिक र प्राविधिक रुपमा जटिल यो रेलमार्गलाई काठमाडौंमा भने सहज मानिएको थियो ।
गोरखापत्र – नयाँ युगमा नेपाल– चीन सम्बन्ध ः आपसी सम्बन्ध प्रगाढ बनाउँदै नेपालमा भौतिक प्रर्वाधारदेखि विकास निर्माणलाई बलियो पार्ने सहमतिसँगै नेपाल र चीनबीच आइतबार २० बुँदे सहमति भएको छ ।
कारोबार –सी भ्रमणले लगान्री ल्याउन सहयोग गर्छ ःनिजी क्षेत्र ःचिनियाँ राष्ट्रपति सी चिङफिङको नेपालको दुइ दिवसीय राजकीय भ्रमणले निजी क्षेत्र उत्साहित बनेको छ ।
नागरिक दैनिक – बिआइआरलाई समृद्धिको साझा आधार ः चिनियाँ राष्ट्रपति सी चिङफिङको दुइदिने नेपाल भ्रमणका क्रममा चीनले सारेको बेल्ट एन्ड रोड एनिसिएटिभ (बिआरआइ )लाई नेपाल र चीन दुवै देशले साझा विकासको आधारका रुपमा स्वीकारेका छन् ।


साभारः समाचारदैनिक