धनगढी, १८ असोज
हिन्दुहरुको महान पर्व विजया दशमी, २०७६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको जिवनमा सुख, शान्ति र समृद्धि ल्याउन देवी दुर्गाले शक्ति प्रदान गरुन भन्ने शुभकामना ब्यक्त गर्दछौं ।
दशै असत्य माथि सत्यको विजय उत्सव हो । दुर्गा भगवतीले दानवीय शक्तिमाथी विजय हासिल गरेको खुसियालीमा प्रशादको रुपमा रातो टिका र जमरा लगाउने प्रचलन रहेको छ । मान्यजनबाट टिका ,जमरा ग्रहण गर्ने र मिठो मसिनो खाएर मनाउने यस पर्वको ठूलो धार्मिक तथा सामाजिक महत्व रहेको छ ।
धनगढी उप–महानगरपालिकाले हरेक जाति, बर्ग, क्षेत्र, धर्म र समुदायका चाडपर्वलाई समान प्राथमिकता दिदै आएको अवगत गराउन चाहन्छौं । यस्ता चाड पर्वहरुले सामाजिक एकता, धार्मिक सहिष्णुता,आपसि सद्भाव र सम्वन्धलाई थप मजबुद बनाउने गर्दछ ।
अन्तमा दशैंपर्वलाई अनावश्यक खर्चिलो, भड्किलो नबनाउन आमनगरवासीमा अनुरोध गर्दछौं । यस पर्वलाई सभ्य, भब्य बनाउन समेत आग्रह गर्दछौं ।
धनगढीमा नगरप्रमुख र उप–प्रमुखद्धारा नगरवासीलाई शुभकामना
धनगढीमा नगरप्रमुख र उप–प्रमुखद्धारा नगरवासीलाई शुभकामना