धनगढी, १४ असोज – कर्मचारी अभाव रहेका स्थानीय तहमा तत्काल पदपूर्ति गरिने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले बताएका छन् ।
मङ्गलवार धनगढीमा अन्तर तह समन्वय तथा स्थानीय तहको क्षमता विकास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पण्डितले कर्मचारी समायोजन पछि पनि दरबन्दी रिक्त रहेका स्थानीय तहमा पदपूर्ति गरिने बताए । मन्त्री पण्डितले जनताका चाहना अनुसारका काम गर्न जनप्रतिनिधीहरुलाई सुझाव पनि दिए ।
सोमवार र मङ्गलवार गरी दुई दिन चलेको अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा पनि सहभागी थिए । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहका जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।