काठमाडौं । दशैँका लागि काठमाडौंबाट बाहिरिनेको यात्रुको संख्यामा बृद्धि भएको ट्राफिक महाशाखाले जनाएको छ । गएको २४ घण्टामा १ लाख १२ हजार बढि काठमाडौं उपत्यकाबाट बाहिरिएको महाशाखाले जानकारी दिएको छ ।
सबैभन्दा धेरै नागढुंगा नाकाबाट ३८ हजार १ सय ६८ जनाले काठमाडौं छाडेका छन् भने ३५ हजार ३ सय ४० जना काठमाडौं भित्रिएका ट्राफिक प्रहरीले जनाएको छ ।