धनगढी,११ असोज
जेसिज एभरेष्ट पूर्व विद्यार्थी संघको आयोजनामा शनिवार धनगढीमा बृहत रक्तदान कार्यक्रम गरिएको छ ।
धनगढीमा रगतको आपूर्तीम सहयोग पु¥याउने उदेश्यले जेसिज एभरेष्ट पूर्व विद्यार्थी संघले रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान कार्यक्रमको धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले गरेकी छन् । धनगढीका यूवा क्लव, समाजिक संघसंस्थाहरुले दान गरेको रगतका कारण धनगढी उप–महानगरपालिकाले निःशुल्क बिरामीलाई रगत दिन सकेको उप–प्रमुख भट्टले बताईन ।
गरिव र अप्ठेरोमा परेका बिरामीलाई निशुल्क रगत उपलब्ध गराउँदै आएको धनगढी उप–महानगरपालीकाले गत आर्थिक बर्षबाट आवश्यकता अनुसार नगरका सबै बिरामीलाई रगत उपलब्ध गराईरहेको बताउदै उप–प्रमुख भट्टले भनिन्, धनगढी नगरका कुनैपनि बिरामीले उपचारका लागि आवश्यक पर्ने रगतका लागि तड्पीनु परेको छैन । उप–प्रमुख भट्टले रगतदान महादान भएको बताईन । तपाईहरुले गरेको रगतदानले धेरैको ज्यान नबचेको छ उप–प्रमुख भट्टले भनिन् यो पुण्ये प्राप्तीको काम पनि हो ।
जेसिज एभरेष्ट स्कुल ब्यबस्थापन समितिका अध्यक्ष नरनारायण शाह मनुले, हरेक तीनमहिनामा एउटा स्वस्थ्य ब्यक्तिले रगतदान गर्न सक्ने बताए । जेसिज एभरेष्ट पूर्व विद्यार्थी संघले रक्तदान जस्तो पवित्र कार्यक्रमको आयोजना गरेको भन्दै अध्यक्ष शाहले धन्यवाद ब्यक्त गरे । जेसिज एभरेष्ट पूर्व विद्यार्थी संघका अध्यक्ष खेमराज जोशीले रक्तदानमा सहभागि सबै धन्यवादको पात्र भएको बताए । रक्तदान भैरहेकाले कती सहभागि भए भन्ने तथ्याङ्क आज बेलुकी सम्म उपलब्ध हुने पनि जोशीले बताए ।
जेसिज एभरेष्ट पूर्व विद्यार्थी संघद्धारा रक्तदान कार्यक्रमको आयोजना
जेसिज एभरेष्ट पूर्व विद्यार्थी संघद्धारा रक्तदान कार्यक्रमको आयोजना