धनगढी, ६ असोज
योजनाको निर्माण र अनुगमनलाई प्रभावकारी बनाउन धनगढी उप–महानगरपालिकाले नगरका उपभोक्ता समितिका पदाधिकारीहरुलाई सोमबार देखि अभिमूखिकरण गर्न थालेको छ ।
पहिलो चरण अन्तरगत उप–महानगरपालिकाका वडा नं १५, १६ र १७ का उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमूखीकरण तालिम दिईएको नगरप्रमुख नृपबहादुर वडले बताए । क्लष्टर बनाएर सबै वडाका उपभोक्ता समितिका पदधीकारीहरुलाई अभिमूखीकरण गरिने पनि नगरप्रमुख वडले बताए । उपभोक्ताहरु स्वयं जिम्मेवार नबने सम्म योजनाहरुमा गुणस्तरीयता आउदैन नगरप्रमुख वडले भने, त्यस कारण उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना संचालन र ब्यबस्थापन सम्वन्धी तालिम दिन थालिएको छ ।
तपाईको गाउँठाउँमा निर्माण हुने योजना तपाईहरुको हो नगरप्रमुख वडले भने, त्यसलाई स्टीमेट अनुसारको गुणस्तरीय बनाउनु होस । घुस लिने र दिने दुबै त्यतीकै दोषी हुन्छन् नगरप्रमुख वडले भने, त्यसमा संलग्न भएको पाईएमा उप–महानगरका कर्मचारी र प्राविधीकलाई नछोड्ने बताए । कमसल काम गरेर प्राविधीहरुलाई योजनापास गर्नका लागि घुस खुवाउने उपभोक्ता समितिलाई पनि कार्वाही गरिने नगरप्रमुख वडले बताए ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले उपभोक्ता समितिले गर्ने काम गुणस्तरीय र पारदर्शि हुन्छ भनेर नै सरकारले उपभोक्ता समितिको अवधारणा ल्याएको बताईन । उनले भनिन्, उपभोक्ताहरु आफ्नो काम प्रति सजक र जिम्मेवार भएमा काममा गुणस्तरीयता आउँछ । अहिले बजारमा उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर गर्ने गुणस्तरहिन बस्तुको विक्रीवितरण बढेको छ उप–प्रमुख भट्टले भनिन्, त्यस प्रति पनि उपभोक्ताले सजक हुनुपर्छ । धनगढीमा ५ सय लिटरको हाराहारीमा यूरीया, छापाखानाको मसी र एसिड मिसिएको चुक फेला गरेको छ उप–प्रमुख भट्टले भनिन्, विकास निर्माणका साथै हरेक कुरामा उपभोक्ता चलाखो हुनुपर्छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटाले योजनाहरु निर्माणका लागि उपभोक्ता समिति गठन भैसकेको बताए । उनले भने, गठन भएका उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमूखीकरण गरिएको हो ।
योजनाको गुणस्तर सुधारका लागि उपभोक्तालाई अभिमूखीकरण
योजनाको गुणस्तर सुधारका लागि उपभोक्तालाई अभिमूखीकरण
