धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका स्थानीय तहका कमिटीले आज नेतृत्व पाउने भएका छन् । पार्टी एकता प्रकृयाको लामो समयपछि हिजो बुधवारदेखी वसिरहेको सुदूरपश्चिम प्रदेश कार्यालयको बैठकले बिहिबार नेतृत्वको टुङ्गो लगाउँदै छ ।
हिजोको बैठकमा जिल्लाले प्रस्ताव गरी पठाएकामाथि छलफल भएको सुदूरपश्चिम सहइञ्चार्ज खगराज भट्टले जानकारी दिए । बुधवारको बैठकमा जिम्मेवारी थपिएका सहइञ्र्चाजहरुको स्वागत गर्ने कार्यक्रमले समय खाएको भन्दै नेता भट्टले आजको बैठकले टुङ्गाउने बताए ।
बुधवार बसेको बैठक निकै सौहाद्रपुर्ण रहेको जानकारी दिदै उनले भने( ‘आज दोस्रो दिनको बैठकले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहका कमिटीले नेतृत्व पाउँदैछन् । पार्टी एकता प्रकृर्यामा नेतृत्वको कतै विवाद छैन ।’
सबैजसो जिल्लाले प्रस्ताव पठाएकामाथि छलफल हुँदैछ । पार्टी शुभचिन्तक, कार्यकर्ताको भावनाअनुसार र पार्टी केन्द्रले तय गरेका निर्दे्ष्ठित सवालमा टेकेर एकता प्रकृर्या टुङ्गाइने र पार्टीलाई जनस्तरसम्म लैजानेमा काँही कतै विवाद नरेको उनको भनाई थियो ।