बयानमा के भने भनेर खुलाउन नसकिए पनि घटना थप अनुसन्धान गर्नु प*र्ने पाटोमा गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान*बहादुर मल्लले बताए । उनले नेपाल समयसँग भने- ‘थप अनुसन्धान आवाश्यक छ । त्यसका लागि तीनै जनाको म्याद थप गरिन्छ ।
’प्रहरीले अनुसन्धानका लागि ती*नै जनालाई थप केहि दिन हिरासतमा राख्नु प*र्ने देखिएकाले म्याद थपको तयारी गरेको छ । प्रहरीले आज अदाल8तसँग म्याद थपका लागि आग्रह गर्ने छ । स्रोतका अनुसार प्रहरीले कम्तिमा ५ देखि १० दिनको म्याद माग गर्ने भएको छ ।
यसअघि गत शुक्रबार अदालतले ५ दिनका लागि हिरा*सतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीले सञ्चारकर्मी रवि लामिछाने तथा युवराज कँडेललाई बिहीबार पक्राउ गरेको थियो ।