धनगढी, २७ साउन- बाजुराको त्रिविणी नगरपालिका वडा नम्मर ७ का वडा अध्यक्ष प्रेमबहादुर थापा घाईते भएका छन् । उनी मोटरसाईकल सिक्ने क्रममा आईतबार दुर्घटना हुँदा घाइतेृ भएको प्रहरीले जनाएको छ ।

वडा कार्यलयको नयाँ अनटेस्टे मोटरसाईकल सिक्ने क्रममा वडा अध्यक्ष थापा को दायाँ हातमा गहिरो चोट लागेको छ । शरीरमा पनि सामान्य चोट रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।

त्यसैगरी त्रिविणी नगरपालिका वडा नम्मर ७ मा बस्ने कर्ण अयडी पनि खेल मैदान निर्माण गर्न गएको जेसिवीले सल्लाको रुख उप्काउदै गर्दा सोहि रुख पल्टिँदा घाईते भएका छन् । उनको चिउरोमा ६ वटा टाका लागेका छन् । घाईते दुवैको अछामको वयालपाटा हस्पिटलमा उपचार भईरहेको स्थानी नरेश थापाले जानकारी दिए ।