डडेल्धुरा- सवारी दुर्घटनामा परि गत आर्थिक बर्षमा डडेल्धुरामा ३५ जनाको मृत्यु भएको छ । १२९ जना अङ्गभङ्घ भएका छन । डडेल्धुरामा १६ ओटा सवारी दुर्घटनामा परि २७ पुरुष र ८ महिलाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले डडेल्धुराले जनाएको छ । आथिक बर्ष २०७५÷७६ मा भएका सवारी दुर्घटनामा परि ३३ जना गम्भिर घाइते छन भने ९६ जना सामान्य घाइते भएका थिए ।
जिल्ला ट्राफिक कार्यालय डडेल्धुराले गत आर्थिक बर्ष भरिमा २४ लाख ४२ हजार राजश्व संकलन गरेको छ । ट्राफिक नियम पालना नगर्ने ३९२१ सवारी साधन कारवाहिमा सो रकम संकलन भएको ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव निरिक्षक देव बहादुर खत्रीले जानकारी दिए ।गत आथिक बर्षमा ७० यात्रुवहाक बस कारवाहि हुँदा १लाख ६९ हजार, ११ सय ९२ ट्रक कारवाहिमा ७ लाख ९२ हजार ५ सय, ३ सय ७८ ट्याक्टर कारवाहिमा २ लाख २२ हजार, ४ सय ३३ मोटर साइकल कारवाहिमा २ लाख ८३ हजार ५ सय र १६ सय ४९ जिप, कार तथा अन्य सवारी साधन कारवाहिमा ९ लाख ७८ हजार राजश्व संकलन भएको छ ।