धनगढी, २० साउन- कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ को कार्यालयमा तालाबन्दी गरिएको छ । वडा नम्बर ९ का वडाध्यक्ष छत्रवहादुर महराले वडाका योजनामा एकलौटी गरेको भन्दै नेपाली काग्रेंसको वडा समितिले वडा कार्यालयमा तालाबन्दी गरेको हो ।
वडाध्यक्ष महराले एकलौटी गर्दै योजनाहरुको प्राथमिकीकरण नगरी काम गरिरहेकोले तालावन्दी गरेको नेपाली काग्रेंसको वडा समितिका सभापति धनश्याम जोशीले बताउनुभयो ।
अघिल्लो वर्ष पनि यसै विषयमा विवाद भएको थियो । नगर परिषदमा योजना छनोट नगरेर डल्लो बजेट मात्रै पास गर्ने र त्यसपछि आफ्नो हिसावमा योजना दिने गरेको आरोप वडाध्यक्ष महरालाई लागेको छ ।
वडा परिषद गरेर योजना छनोट गर्ने विषयमा सहमति भएपनि महराले नटेरेको बताईएको छ । वडा परिषद पुनः सुरुवाती प्रक्रिया मार्फत जानुपर्ने माग राखेर तालबन्दी गरेको र मागको सुनुवाई नभएसम्म तालाबन्दी नखोल्ने नेपाली कागेंसको वडा समितीले जनाएको छ ।
