धनगढी, २० साउन
कैलालीबाट आठ हजार घुस सहित दुईजना कर्मचारी रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ को व्यवस्थित नगरबाट दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मालपोत कार्यालय टीकापुरमा नायब सुब्बा पदमा कार्यरत सिँह बहादुर कुँवर र खरिदार नरराज पाण्डे रहेको अख्तियारले जनाएको छ । सेवाग्राहीबाट घुस लिदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।