नेपालमा आयोजना हुने फिल्म अवार्डको न साख छ न त विश्वसनीयता । उत्कृष्ट कामको मुल्यांकन गरेर दिनुपर्ने पुरस्कार खरिद बिक्री हुने गरेको छ । न अवार्ड पाउनेले पाउनुको कारण थाहा पाउँछन् न त नपाउनेले नपाउनुको नै । राम्रोभन्दा हाम्रालाई दिएर खुसी बनाउने प्रवृतिका कारण अवार्डको साख गिर्दै गएको छ । अचेल फिल्मकर्मीसँगै दर्शकमा समेत फिल्म अवार्डप्रति चासो लगभग शुन्य बराबर छ ।
.jpg)
.jpg)

.jpg)
नेपालमा हुने कुनै अवार्ड आजसम्म विवादबाट टाढा रहन सकेका छैनन् । हरेक वर्ष प्राइभेट कम्पनीले आयोजना गर्ने आधा दर्जनभन्दा बढी फिल्म अवार्ड ‘कोही पनि नछुटुन र नदोहोरिउन’ भन्ने मान्यताबाट प्रदान गर्ने गरिएको छ । आजसम्म उत्कृष्ट कामको मुल्यांकन हुन सकेको छैन । अधिकांश फिल्म अवार्ड पैसा कमाउने उद्येश्यबाट आयोजना हुने गरेको कतिपयको टिप्प्णी छ । तर, अवार्ड गर्नेलाई यसको कुनै प्रवाह छैन ।
राष्ट्रपतिको हातबाट प्रदान गरिने ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समेत विवादबाट टाढा रहन नसकिरहेको अवस्थामा प्राइभेट कम्पनले गर्ने अवार्ड कसरी विवादरहित हुन सकुन् ? जहाँ पनि पैसाकै चलखेल बढी हुन्छ । अवार्डले आफ्नो साख जोगाउन नसकिरहेको अवस्थामा हरेक वर्ष एक/दुई नयाँ अवार्ड थपिने क्रम भने जारी छ । यो भीडमा यस वर्षबाट ‘नेपाल फिल्म अवार्ड’ थपिएको छ । यो अवार्डको बुधबार एक कार्यक्रमका बीच घोषणा गरियो ।
.jpg)
.jpg)
.jpg)

बलामी इन्टरटेनमेन्ट अन्तर्गतको नेफा मिडिया ग्रुपले तयारी गरेको अवार्डसँग चलचित्र बिकास बोर्ड, नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाले आयोजनाको लागि सहकार्य गरेका छन् । २१ जना फिल्म पत्रकारले मिलेर अवार्ड गर्न लागेका हुन् । अवार्डको लगात २ करोड अनुमान गरिएको छ । ५० लाख लगातमा सेट खडा गरिने बलामी इन्टरटेनमेन्टका समिर बलामीले बताए । कार्यक्रममा १० हजार दर्शक उपथिति गराउने तयारी आयोजकको छ ।
पपुलरतर्फ ५ र निर्णायकतर्फ १४ विधा रहने अवार्डमा नेपाली फिल्मप्रति समर्पित एक व्यक्तित्वलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ । भने, पपुलरतर्फको अवार्ड दर्शक भोटिङको आधारमा तय गरिनेछ । अवार्डको निर्णायकमा निर्माता/निर्देशक आकाश अधिकारी, निर्देशक तथा संचारकर्मी फुलमान वल, छायाँकार विष्णु कल्पित, कलाकार सरिता लामिछाने र निर्देशक/कलाकार अनुप बराल छन् ।
पपुलर विधातर्फ फिल्म, अभिनेता, अभिनेत्री, महिला गायिका र पुरुष गायिका छ । भने, निर्णयकतर्फ चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, नव-निर्देशक, नव-अभिनेता, नव-अभिनेत्री, सहायक भूमिका, सम्पादक, ध्वनि मिश्रण, पटकथाकार, छायाँकार, संगीतकार, र आदिवासी जनजाति विधामा अवार्ड प्रदान गरिने कार्यक्रममा जानकारी गराइयो । हरेक अवार्ड विजेतालाई ट्रफीसँगै ३५ तोलादेखि ५० तोलासम्म चाँदी पनि दिने आयोजकले बताएको छ ।
.jpg)



लाइफटाइम एचिभमेन्टको ट्रफीमा १ तोला सुन र १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिनेछ । सम्भवतः पहिलो पटक प्राइभेट कम्पनीले गर्ने अवार्डमा विजेतालाई ट्रफीसँगै चाँदी र सुन प्रदान गर्न लागिएको हो । फिल्मकर्मीलाई कार्यक्रममा आवत-जावतका लागि सवारी साधानको सुविधा पनि उपलब्ध गराउने तयारी आयोजकको छ । पहिलो पटक फरक शैलीमा हुन लागेको यो अवार्ड निष्पक्ष हुनेमा फिल्मकर्मीले आशा व्यक्त गरेका छन् ।
सौजन्यः फिल्मी खवर
