• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

टीकापुर अझै शान्त छैन : कहिले हुन्छ संवाद ?

धर्मेन्द्र झा

नेपालको राजनीति जटिल मोडमा छ । संविधान कार्यान्वयनसँगै संघीयताको कार्यान्वयन अहिलेको राजनीतिको मूल विषय हो । यसमा विमति हुन सक्दैन । सर्वत्र विवादका बाछिटा अनुभव गरिएका छन् । सरकार एकमना ढंगले अगाडि बढ्न प्रयत्नरत छ । तर कुनै खास योजना सरकासँग भएको प्रतीत हुँदैन ।

सरकार एकातिर विविध कानुन निर्माणको प्रयासमार्फत आफ्नो वास्तविक चरित्र उदांगो गर्न खोजिरहेको छ भने अर्कोतिर आफूसँग भएको दुई तिहाइको भार थेग्न सकिरहेको छैन । विचित्रको अवस्था छ, सरकार कानुन निर्माणको प्रयासमार्फत एकतन्त्रीय चरित्र प्रदर्शनको मुडमा छ भने अर्कोतिर आन्तरिक र बाह्य दबाब थेग्न नसकी तिनै कानुनहरु फिर्ता पनि लिएर आफ्नो लाचारी र कमजोरी पनि प्रदर्शित गरिहेको छ ।

टीकापुर उदाहरण छ, सरकार सामाजिक समस्यामा हात हाल्न भने अनिच्छुक छ । लोकतन्त्रमा वार्ता र संवादलाई समस्या समाधानको अचुक उपाय मानिन्छ । कम्तीमा सरकारलगायत सम्बद्ध पक्षहरु यो उपायको प्रयोगमा चुक्नु हुँदैन । यसबाट संविधान तथा संघीयता कार्यान्वयनमा अधिकतम सहमतिको वातावरण निर्माणमा सघाउ पुग्न सक्छ । कस्ता असन्तुष्टिहरु स्वाभाविक हुन र कस्ता अस्वाभाविक त्यसको मूल्यांकन गरिनु भने जरुरी छ ।

पछिल्ला घटनाक्रमले जनतालाई भड्काएर दुनो सोझ्याउने पक्ष पनि वर्तमानको राजनीतिमा सक्रिय रहेको संकेत मिलेको छ । असन्तुष्टिहरुको मूल्यांकन गर्ने सन्दर्भमा यस्ता पक्षको लेखाजोखा आवश्यक छ । चाहे त्यो गुठीसम्बन्धी विधेयक होस् वा मिडिया काउन्सिलसम्बन्धी विधेयक होस् अथवा सूचना प्रविधिसम्बन्धी विधेयक होस्, सरकार ‘फेस सेभिङ’ को पक्षमा त देखिएको छ तर औपचारिक रुपमा संवादको अस्तित्व स्वीकार्न सकिरहेको छैन ।

लोकतन्त्र र वामपन्थबीचको सम्भवतः यही नै एक मुख्य भेद हो । लोकतन्त्रले संवादमाथि विश्वास गर्दछ भने वामपन्थ सरोकारवालाको रायलाई औपचारिक रुपमा सहज ढंगले स्वीकार गर्दैन । २०७२ भदौ ७ र ८ गते पश्चिम मधेशको कैलालीको टीकापरमा भएको घटनालाई यसै सन्दर्भमा चित्रण गर्न सकिन्छ ।

२०७२ को भदौ ७ मा वरिष्ठ प्रहरी अधिकारीसमेत नौ जना मारिएको उक्त घटनामा ८ जना प्रहरी मारिएका थिए भने एक डेढ वर्षीय बालकको मृत्यु भएको थियो । भोलिपल्ट ८ गते त्यहाँ अर्को घटना भयो, थुप्रै ठाउँमा आगजनी भए । कतिको क्षति भयो अझै पनि मूल्यांकन गर्न सकिएको छैन । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सरकारले अझै पनि सार्वजनिक नगर्दा धेरै कुरा अँध्यारैमा रहन बाध्य छन् ।

घटना भएको करिब चार वर्ष बितिसकेको छ । धेरैलाई लाग्न सक्ला टीकापुर अब शान्त छ । समस्याको समाधान भइसकेको छ । तर हतारमा यो निष्कर्ष निकाल्नु सम्भवतः गलत हुनेछ । टीकापुर भुसको आगोमाथि बसेको छ भनेर निष्कर्ष निकाल्न खोजियो भने पनि त्यो अपरिपक्व हुन सक्छ तर स्थानीय समुदाय अझै पनि पहिलाजस्स्तो पूर्णतः एक अर्कामाथि विश्वास गर्ने वातावरणको निर्माण भइसकेको छैन भन्दा भने असंगत ठहर्दैन । टीकापुरमा संवाद आवश्यक छ र घनीभूत रुपमा आवश्यक छ भनेर भनियो पनि त्यो गलत हुने छैन ।

विगतमा संघीयताको सीमांकनको नक्सा सार्वजनिक भएलगत्तै मुलुकभरि जेजस्तो घातप्रतिघातको अवस्था अनुभव गरिए त्यसले त्यसबेला ‘भड्काउ’ राजनीतिको पोल खोलेको कुरामा विमति हुन सक्दैन । त्यस्तो राजनीतिक सोच, जो जनताको भावनालाई भड्काएर आफ्नो स्वार्थ सिद्ध गर्न चाहन्छ, घातक छ । टीकापुर करिबकरिब त्यसको एक ज्वलन्त उदाहरण हो ।

राजनीतिको रोटी सेक्नेहरु चुलोमा आफूअनुकूल आगोको घोचपेच गर्छन् तर पाकेको रोटी प्रायः आफैं खान खोज्छन् । त्यसबेला टीकापर पुगेर यहाँको भावनासँग खेलेर रोटी सेक्ने राजनीतिक दलहरु आज सत्ताको राजनीतिको गल्लीको चक्कर लगाइरहेका छन् । उता टीकापुर अझै पनि मलहमपट्टीको पर्खाइमा छ भनेर भनियो भने त्यो अनुचित हुने छैन ।

टीकापुरमा विगतमा राजनीतिका नाममा जे वितण्डा मच्चिए, जे जस्ता अराजकता निम्तिए र हत्या तथा मृत्यूका शृंखला जसरी चले/चलाइए त्यसबाट को को विजयी भए खोजीको विषय हुन सक्छ तर एउटा कुरा के निश्चित हो भने देश पराजित भएको छ । लोकतन्त्रमाथि धावा बोलिएको छ, जसबाट आज पनि टीकापुर र सम्पूर्ण देश प्रभावित हुन पुगेको छ ।

सत्य हो, टीकापुरको समाज मनोवैज्ञानिक रुपमा प्रभावित हुन पुगेको छ । समाज पहिलाजस्तो ऐक्यबद्ध छैन । अविश्वासको तुवाँलोको घनत्व बढेको छ । यसको प्रभाव आसपासको लम्की, बौनियाँ, जोशीपुर, भजनी र जिल्लाको सदरमुकाम धनगढीजस्ता ठाउँमा पनि स्पष्टतः परेको छ । तर समाधानको उपाय फेरि पनि टालटुले तरिकाले खोज्ने प्रयत्न भइरहेको छ । यो प्रयास स्वयंमा त्रुटिपूर्ण छ ।

रिस, आवेग र बदलाको भावनाले समस्याको न त चुरो पहिल्याउन सकिन्छ न त समाधानै खोज्न सकिन्छ । यसरी खोजिने समाधान निश्चय पनि अस्थायी हुनेछन् । टीकापुरमा अहिले यस्त अस्थायी समाधान खोज्ने प्रयत्न गरिएको अनभूत हुन्छ ।

टीकापुरमा विगतमा देखिएको सामाजिक विग्रह स्वाभाविकभन्दा पनि नियोजित थियो भन्ने कुरा स्पष्ट भइसकेको छ । त्यहाँको समस्या स्थानीयले भन्दा बाहिरियाले सिर्जना गरेका हुन् भन्दा अविश्वसनीय लाग्न सक्छ तर सत्य यही नै हो । विविध राजनीतिक विचारधाराका आधारमा विभक्त समाजमा कहिलेकाहीँ खास यथार्थ ओझेल पर्न सक्छ र कृत्रिम स्वार्थहरु हावी हुन सक्छन् । टीकापुरको समाजको सूक्ष्म विश्लेषणको प्रयत्न गर्ने हो भने पनि यो कुरा प्रमाणित हुन्छ । तर दुःखद छ, त्यस्ता प्रयत्नका बाछिटा टीकापुरमा अझै पनि छन् ।

विगतमा त्यहाँ मच्चिएको उपद्रोका सन्दर्भमा वर्तमानमा थुप्रै प्रश्न उठ्छन् । आमजनताले जबाफ खोज्नु अस्वाभाविक होइन ।  पहिलो प्रश्न उठ्छ, टीकापुर घटनाकै सन्दर्भमा ।  किन भयो टीकापुर घटना ? यसका दोषी को हुन् ? यस्ता सबै प्रश्नको उत्तर त आधिकारिक रुपमा देशको प्रशासन संयन्त्रले ‘रेडिमेड’ रुपमा दिने प्रयत्न गर्‍यो । मात्र सुरक्षा अधिकारीतर्फ जिम्मेवारी पन्छाउनु गलत थियो ।

सबैभन्दा महत्त्वपूर्ण कुरा, घटनामा को सामेल थिए भन्ने हो । प्रत्यक्षतः टीकापुर प्रदर्शनमा असन्तुष्ट जनता नै सहभागी थिए, जो अधिकारप्राप्तिको संघर्षमा होमिएका थिए । यिनको भावनालाई कम मूल्यांकन गरिनु हुँदैन थियो । तर घटनाले जस्तो रुप लियो त्यस आधारमा भीडमा गलत तत्वको घुसपैठको सम्भावनालाई नकार्न सकिन्न । संघीयतालाई जातीयताको जामा पहिर्‍याएर जनताको सपनालाई बन्धक बनाई वर्गीय लाभ-हानिको हिसाब-किताब गर्नेहरु यस देशमा को को छन् भन्ने सत्य जनताले बुझेका छन् ।

जातीय संघीयताको हल्ला मच्चाएर देशमा लोकतन्त्र कमजोर बनाउन एउटा समूह सक्रिय छ र त्यो समूहले  खास वर्ग र जातसँग सम्बन्धित रहेकालाई ‘उपयोग’ गर्ने गरेको स्पष्ट छ । यही उपयोगको परिणतिबाट पनि टीकापुर विगतमा प्रभावित भएको हुन सक्छ ।  बुझ्नुपर्ने कुरा के हो भने यो समूह संघीयताको कुरा त गर्दछ तर आफ्नो ‘फरमुला’ को संघीयतामार्फत् देशमा अराजकता निम्त्याएर धमिलो पानीमा माछा मार्न खोजिरहेको छ । टीकापुरमा अझै पनि त्यस्ता तत्वहरु सक्रिय छन्भन्दा गलत हुँदैन । यस्ता तत्त्व टीकापुरमा संवाद चाहँदैनन् ।

सत्य त क हो भने, टीकापुर आजको सन्दर्भमा शान्ति व्यवस्थापनको चुनौती हो भन यसको समाधान संवादमात्र हो । कताकता आज टीकापुरमा संवाद टुटेकोजस्तो देखिएको छ । स्थानीय बासिन्दा मनभरि कुरा खेलाएर बसिरहेजस्तो अनभूत हुन्छ र खुलेर अभिव्यक्त गर्न नसकिरहेको जस्तो देखिन्छ ।

आँखाभरि त्रास नाचिरहेको अनुभूत हुन्छ । सायद विश्वासपूर्ण वातावरणको पर्खाइमा छन् उनीहरु । यस्तो अवस्थामा राज्यले अनुकूल सहजीकरण गरिदिनुपर्ने थियो । स्थानीय बासिन्दाका कुरा सुनिदिनुपर्ने थियो र आपसी संवादका लागि उपयुक्त वातवरणको निर्माण गरिदिनुपर्ने थियो । तर दुःखका साथ भन्नुपर्छ राज्य राजनीतिक लाभहानिको जोडघटाउमा व्यस्त छ र यहाँको समस्यालाई वास्तविक अर्थमा सम्बोधन गर्नतर्फ अनिच्छुक देखिएको छ ।

निश्चय पनि जनताका अपेक्षा अनन्त छन् । जनता अधिकार र अवसर खोजिरहेका छन् । उनका आकांक्षा दमित छन् । यस सन्दर्भमा विरोध र असन्तुष्टिलाई अस्वाभाविक मान्नु हुँदैन । लोकतन्त्रमा विविध अभिव्यक्तिमार्फत विरोध व्यक्त गर्ने अधिकार जनतालाई छ । लोकतन्त्रको सुन्दरता नै यही हो । तर मननीय के छ भने विरोध अभिव्यक्तिका नाममा हतियार उठाउने छुट कसैलाई हुँदैन । कानुनले कसैलाई उन्मुक्ति दिँदैन ।

जनतालाई शान्तिपूर्ण तरिकाले आफ्नो कुरा भन्ने र विरोध प्रदर्शन गर्ने अधिकार छ । लोकतान्त्रिक सरकारले जनताको आवाज र विरोधको सम्बोधन गर्नुपर्दछ । नेपालमा सरकार यस्तो सम्बोधन गर्ने सन्दर्भमा कतै चुकेको सत्य हो र यो क्रम निरन्तर जारी छ । यसको अन्त्य हुनु आवश्यक छ । टीकपुरलाई सुन्नु अपरिहार्य छ ।
(असार १९ देखि २१ सम्म गरिएको टीकापुरको स्थलगत भ्रमणपछि यो आलेख तयार गरिएको हो ।)

सौजन्यः नेपाल समय डटकम

शुक्रबार, साउन १७, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीका ग्रामीण कच्ची सडकमा राति गाडी चलाउन रोक
असार १५ मा हिलो खेल्ने बढे, खेती गर्ने घटे
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा प्यानल बनाउन नपाइने

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.