मसुरिया, १३ साउन– कैलालीको गौरीगंगा नगरपालिका वडा नं. ४ राजिपुरमा नेपाली कांग्रेसको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नगर कार्य समीतीका उपसभापती हिरा सिं बडैलाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अथिती प्रदेश सांसद टेक बहादुर रैका रहेका थिए । कार्यक्रममा विशिष्ट अथिती महासमिती सदस्य तथा पुर्व सांसद हिरा दत्त भट्ट रहेका थिए ।
कार्यक्रममा गौरीगंगा वडा नं. १का सुनीलाल चौधरी, कमला शर्मा, मेनुका जोशी, क्षेत्रिय सभापति दिनेश राज जोशी, जिल्ला सदस्य राम बहादुर कलेल, लगायतकाले आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमको बारेमा पुर्व क्षेत्रिय सचिव मोहन सावदले राखेको कार्यक्रमको सञ्चालन नेपाल विद्यार्थी संघका जिल्ला सभापती भेष बमले गरेका थिए ।