बैतडी, ९ साउन । – गत साउन ३ गते गोकुलेश्वर कृषि तथा पशु बिज्ञान कलेजको संचालक समितिले गरेको स्ववियु खारेजको निर्णय आफुलाई मान्य नहुने भन्दै गोकुलेश्वर कृषि तथा पशु बिज्ञान कलेजका वर्तमान स्ववियु सभापति राजेन्द्र बमले आज एक बिज्ञप्ती जारी गरेका छन् ।
बिज्ञप्तीमा लेखिएको छ “स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको सेवा, सुविधा, अतिरिक्त त्रियाकलापलाई सुचारु राख्ने विधार्थी निकाय हो । स्ववियु कुनै पार्टी विशेष संगठनहरूको छाता संगठन होइन । स्ववियुले विश्व विद्यालयको शैक्षिक, प्राज्ञिक, भौतिक वातावरणलाई सन्तुलित राख्ने काममा प्रतिनिधि गर्छकक ।”
त्यस्तै बिज्ञप्तीमा उनले लेखेका छन् “अन्य संघ सङ्गठनले सहमतिमै खारेज गरि पाउँ भनेर दिइएको निबेदन र उक्त संघ सङ्गठन खारेज गरेको प्रती मलाइ कुनै आपत्ती छैन् तर स्वबियुलाई पनि तिनै काण्ड प्रोपाकाण्ड सगं जोडेर स्वबियुको कुनै आधिकारिक ब्यक्तिको धारणा बिना नै एकलौटी तरिकाले खारेज गरेको प्रती घोर भर्त्सना गर्न चाहान्छु।
स्वतन्त्र बिधार्थी युनियनलाइ अन्य राजनैतिक सङ्गठन सङ्ग जोड्नै पर्ने भन्ने केही छैन किनकी स्वतन्त्र तर्फबाट पनि उठेर चुनाब लड्न सकिन्छ यसकारण ब्यबस्थापन समितिको यो निर्णय कुनै हालतमा मान्य हुने छैन। यसरी देश भर नै छुट्टै गरिमा बोकेको संस्था तथा मिनि पार्लेमेन्टको रुपमा चिनिने स्वबियुलाई आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर खारेज गरेको प्रती घोर आपत्ती सहित भ्रत्सना गर्न चाहान्छु।”
गोकुलेश्वर कृषि तथा पशु बिज्ञान कलेजको संचालक समितिले एक सुचना जारी गर्दे कलेजमा विद्यार्थी संघ संगठन र स्ववियु खारेज गरेको जानकारी गरेको थियो ।