लम्की ६ साउन- नेपाली काँग्रेसका संस्थापक नेता जननायक बि.पि. कोइरालाको ३७ औं स्मृति दिवसको अवसरमा सोमबार कैलालीको लम्कीमा रक्तदान कार्यक्रम सम्पन्नं भएको छ । नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर २ को आयोजना तथा जिल्ला कार्य समितिको संयोजनमा भएको रक्तदान कार्यक्रममा १ सय ८ प्वाईन्ट रगत संकलन भएको छ ।
क्षेत्रीय सभापति भक्तबहादुर थापाको सभापतित्वमा भएको रक्तदान कार्यक्रममा पुर्ब मन्त्री रामजनम चौधरी प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा सभाषद् मानबहादुर महतो, जिल्ला सभापति नरनारायण शाह मनु, पुर्ब महासमिति सदस्य घनश्याम जोशी, बर्दगोरीया गाउँपालिकाका अध्यक्ष बलिराम चौधरी, जानकी गाउँपालिकाका अध्यक्ष प्रद्रिप चौधरी, युवा नेता लक्ष्मण शाही, जिल्ला सदस्य कृष्ण पाण्डे, पुर्ब क्षेत्रीय सभापति सुर्य बहादुर बटाला, देवानन्द जैशी, महा समिति सदस्य धर्मराज न्यौपाने, नेत्री शुशिला शाही, शुशिला रेग्मी, देवकी कार्की, लिला प्रजापति, भगवती रेग्मी, सुमन संञ्याल, लम्कीचुहाका नगर सभापति रामबहादुर विष्ट लगायतका क्षेत्रीय तथा जिल्ला स्तरका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति भक्तबहादुर थापाले नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर २ ले वि.पि. स्मृति दिवसको आयोजनामा हरेक बर्ष खुल्ला रक्तदान कार्यक्रम गदै आएको सोहि अनुसार यो बर्ष समेत रक्तदान कार्यक्रमको आयोजना गरीएको बताउनु भयो । कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सदस्य कृष्ण पाण्डेले रक्तदान नै जिवन दान भएकोले वि.पि. कोईरालाको स्मृति दिवसमा उहाकै सम्झनामा रक्तदान गरीएको बताउनु भयो ।
रगत दान नै जिवनमा उक्तम दान हुने भएकाले सबै युवाहरुलाई रगत नालामा नभएर नाडिमा बगाउन समेत समाजसेवी दिपक तिमिल्सैनाले आग्रह गर्नु भयो । आफुले अहिले सम्म ४५ पटक रगत दान गरी सकेको बताउदै तिमिल्सैनाले अहिले देशभरनै रगतको अभाव भएकाले यो कार्यका लागि नेपाली काग्रेस क्षेत्र नम्बर २ लाई धन्यबाद समेत दिनु भयो ।
रक्तदान कार्यक्रममा नेपाली काँग्रेसका साथै भातृ संगठनका नेता कार्यक्रता, सुबेक्षुक संस्थाका नेता कार्यक्रता, सुरक्षाकर्मि, समाजसेवि, बिभिन्न संघ संस्थामा कार्यरत ब्यक्तित्वका साथै बिभिन्न पार्टिमा आबद्धहरुले पनी कार्यक्रममा सहभागिता जनाई उत्साह पुर्बक रगत दान गरेको नेपाली काँग्रेसका क्षेत्रीय सभापति भक्तबहादुर थापाले जानकारी दिनु भएको छ ।


