धनगढी २२ असार- कैलालीको धनगढी उपमहानगरपालिकाका युवाहरुलाई लक्षित गरी एक दिने सूचनाको हक बिषयक अभिमुखिकरण कार्यक्रम धनगढीमा सम्पन्न भएको छ ।
धनगढी उपमहानगरपालिकाको सहयोग र पब्लिक मिडिया नेपालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै धनगढी उममहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले नागरिकले सूचना पाउनु नैसर्गिक हक भएको बताए ।
मेयर वडले उपमहानगरपालिकाका हरेक गतिबिधिका सम्बन्धमा जनताले चाहेका समयमा सूचना पाउने ब्यबस्था मिलाईएको बताए । नेपालमै पहिलो पटक उपमहाननगरपालिकाले एप मार्फत नगरका गतिबिधि चाहेको बेला हेर्न सकिने ब्यबस्था गरी नागरिकको सूचनाको हकको ग्यारेण्टी गरेका बताए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका १९ वडाका ८० जना युवाहरुको सहभागिता रहेको थियो । बरिष्ठ पत्रकार उमिद बागचनले कार्यक्रमको सहजिकरण गरेका थिए ।
पब्लिक मिडिया नेपालका अध्यक्ष श्रबण देउवाको अध्यक्षमा सम्पन्न कार्यक्रमको संचालन सचिब कृतबहादुर बिष्टले गरेका थिए । कार्यक्रमा स्वागत मन्तब्य सीताराम ओझाले गरेका थिए ।