कृतबहादुर बिष्ट,
धनगढी १८ असार
तीन दिने आधारभूत पत्रकारिता तालिम बुधबार देखि कैलालीको धनगढी सुरु भएको छ । नेपाल प्रेस युनियन कैलालीको आयोजना र धनगढी उपमहानगरपालिकोको सहयोगमा हरेक वडामा पत्रकार उत्पादन गर्ने उद्देश्य सहित तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर ओडले गरेका छन । तालिमको उद्घाटन गर्दै नगर प्रमुख ओडले लोकतन्त्रमा पत्रकारको आलोचनात्मक सुझावको महत्बपुर्ण भुमिका रहेको बताए । समाजमा हुने हरेक बिषय बस्तुबारे निगरानी राख्नुपर्ने बताउदै उनले नराम्रा र राम्रा सबै कुराको पत्रकारले उजागर गर्नु पर्ने धारण व्यक्त गरे ।
कार्यक्रममा बोल्दै मेयर ओडले धनगढी उपमहानगरपालिकालाई शुसासन सहितको नगरपालिका बनाउन हरेक बडामा पत्रकारहरुले निगरानी बढाउनु पर्ने बताए । हरेक वडामा कुनै समस्य भए आफुलाई सिधै खबर गर्न र त्यसको तुरुन्त सामाधान गर्ने पनि प्रशिक्षक पत्रकारहरुलाई आग्रह समेत गरेका छन् ।
हरेक वडामा हुने गतिविधिहरुको निगरानी गर्न उपमहानगरपालिकाका हरेक बडामा पत्रकार उत्पादन गर्ने आफ्नो लक्ष रहेको बताउदै पत्रकारीता तालिम संचालन गरिएको बताए ।
प्रेस युनियन कैलालीका अध्यक्ष श्रबण देउवाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पत्रकार महासंघ प्रदेश समितीका सदस्य शिवराज खत्री लगायतले मन्तव्य राख्नु भएको थियो ।
युनियनका कैलाली जिल्ला जिल्ला सदस्य कृतबहादुर बिष्टले संचालन गरेका कार्यक्रममा स्वागत मनतब्य युनियनका सदस्य कैलाश कठायतले राखेका थिए । यस अघि पहिलो चरणमा धनगढी उपमहानगरपालिका वडा नम्बर ७, १२, १४, १५, १६, १७, १८ र १९ गरी ८ वडाका ४० जनालाई तालिम दिइ सकिएको छ ।