माया मेट्रो अस्पतालले आठ शैयाको आइसीयु र १० शैयाको एनआइसीयु सेवा सुरु गरेको हो । गम्भीर अवस्थाको विरामीको ‘केयर’ मा विश्वकै नम्बर १ रहेको ड्रयागर कम्पनीको तीन वटा भेन्टिलेटर र एभीजीसहितको आइसीयु र एनआइसीयु सेवा सुरु गरेको अस्पतालका अध्यक्ष धीरेन्द्र साउँदले बताए ।
उनले माया मेट्रो अस्पतालले सुरु गरेको यो सेवाले सुदूरपश्चिम प्रदेशका जनताको उपचारमा ठूलो सहयोग पुग्ने बताए । ‘पर्याप्त मात्रामा आइसीयु र एनआइसीयु नहुँदा गम्भीर प्रकृतिका विरामीको उपचारमा समस्या हुने गरेको छ’, अध्यक्ष साउँदले भने–‘हामी कहाँ भएको सुविधाले अब उपचार धेरै सहयोग हुनेछ ।’
माया मेट्रोले स्थापनाको छोटो अवधिमै जटिल विरामीको उपचार गर्न सक्ने विभिन्न उपकरण भित्र्याइसकेको छ । यसैगरी, अस्पतालले विभिन्न विशेषज्ञ सेवा समेत प्रदान गर्दै आएको छ ।



