पहमानपुर १५ असार
धान खेतीको प्रविधीमा यात्रीकरण, चामल आयातमा न्युनिकरण भन्ने मुल नाराका साथ पहलमानसिह मेमोरियल माध्यमिक विद्यालयका बिद्यार्थीहरुले १६औ धान दिबस मनाएको छ ।
कैलालीको घोडाघोडी नगरपाललिका ११ स्थित पहलमानपुर आम्बासा पहलमानसिह मेमोरियल माध्यमिक विद्यालयका वाली बिज्ञान समुहका विद्यार्थीहरुले प्रयोगात्मक सहित धान रोपेर दिबस मनाएका हुन् ।
कार्यक्रममा धानको नयाँ प्रबिधी र त्यसको महत्वका बिषयमा पनि छलफल गरिएको पहलमानसिह मेमोरियल माध्यमिक विद्यालय कृषी प्रबिधिक शिक्षक अरबिन्द्र देउवाले जानकारी दिए ।
कृषी बिषयका बिद्यार्थीहरुले नौ जातका धानका बिउ रोपेर त्यसको तयारी सम्म निगरानी गरिने शिक्षक देउवाले बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यपक प्रेम प्रसाद सुबेदी, विद्यालय व्यबस्थापन समितिका सदस्य बिजय स्वाँर, कृषी प्राबिधिक शिक्षक अरबिन्द्र देउवा, बिपिन सुबेदी, गजेन्द्र रोकाया र माया शाहको उपस्तिथी रहेको थियो ।


