- कृत बिष्ट, धनगढी १४ असार
तीन दिने आधारभूत पत्रकारिता तालिम शनिबारदेखि कैलालीको धनगढी ७ बेलीमा सुरु भएको छ ।
नेपाल प्रेस युनियन कैलालीको आयोजना र धनगढी उपमहानगरपालिकोको सहयोगमा हरेक वडामा पत्रकार उत्पादन गर्ने उद्देश्य सहित तालिम सुरु भएको हो । तालिममा धनगढी उपमहानगरपालिका वडा नम्बर ७, १२, १४, १५, १६, १७, १८ र १९ गरी ८ वडाका ४० जनाको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर ओडले गरेका छन । तालिमको उद्घाटन गर्दै नगर प्रमुख ओडले पत्रकारको आलोचनात्मक सुझावको उपमहानगरपालिकाले सधैं स्वागत गर्ने बताए । समाजमा हुने हरेक बिषय बस्तुबारे निगरानी राख्नुपर्ने बताउदै उनले नराम्रा र राम्रा सबै कुराको पत्रकारले उजागर गर्नु पर्ने धारण व्यक्त गरे ।
कार्यक्रममा बोल्दै मेयर ओडले धनगढी उपमहानगरपालिकालाई शुसासन सहितको नगरपालिका बनाउन पत्रकारहरुले खरोरुपमा कलम चलउन आग्रह गरे । हरेक वडामा हुने गतिविधिहरुको निगरानी गर्न उपमहानगरपालिकाका हरेक बडामा पत्रकार उत्पादन गर्ने आफ्नो लक्ष रहेको बताउदै पत्रकारीता तालिम संचालन गरिएको बताए ।
प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष सीताराम राना, १६का अधयक्ष लक्ष्मीनारायण चौधरी, १७ का वडा अध्यक्ष माधव राना पत्रकार महासंघ प्रदेश समितीका सदस्य शिवरजभ खत्री लगायतले मन्तव्य राख्नु भएको थियो ।
युनियनका कैलाली जिल्ला सचिव सीताराम ओझाले संञ्चालन गरेका कार्यक्रममा जिल्ला सदस्य कृतबहादुर बिष्टले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।