- तेज बोहरा
बझाङ १३ असार
बझाङको बित्थडचिर गाउँपालीकाले एकल महीलाहरुलाई ‘बिउँ पुजी स्वरुप’ जिवीकोपार्जनमा लागी आर्थिक सहयोग गरेको छ । शुक्रबार गाउँपालीकामा औपचारीक कार्यक्रम गरी गरिब, बिपन्न र आर्थिक स्थिती कमजोर भएका एकल महीलाहरुलाई बाख्रा खरीद गर्न भन्दै गाउँपालीकाले आर्थीक सहयोग हस्तान्तरण गरेको छ । गाउँपालीकामा रहेका १९ जना एकल महीलाहरुलाई प्रतीव्यक्ति आठ हजारको दरले आर्थिक सहयोग गरेको हो ।
बित्थडचिर गाउँपालीका भर झण्डै ५ सय भन्दा बढी संख्यामा एकल महीलाहरु रहेको भएपनी दैनीय पारिवारीक आवस्था, कमजोर आर्थीक स्थिती र सामान्य आधारभुत आवश्यकता पनी पुरा गर्न नसक्ने एकल महीलाहरुलाई बाख्रा खरिद गर्न आर्थिक सहयोग गरेको गाउँपालीका अध्यक्ष प्रेम बोहरा बताए । उनले भने–‘यहाँ एकल महीलाहरुको पिडा निकै दैनिय छ, बिहान खाएर बेलुका के खाने भन्ने चिन्ताले पिरोलीरहेको छ, दैनिक छाक टार्न हम्यहम्य परीरहेको अवस्थामा हामीले ठुलो आर्थीक सहयोग गर्न नसकेपनी ‘बिउँ पुजी स्वरुप’ सानो रकम दिएका छौ, उनले थपे यही रकमबाट बाख्रा खरीद गरी राम्रो आयआर्जन गर्न सकीन्छ ।’
ग्रामीण क्षेत्रमा पछाडी पारीएका, गरीब, विपन्न, एकल लगाएत समाजीक हक अधिकार प्रयोग गर्न नसकेका महीलाहरुलाई राज्यको मुलधारमा ल्याउन गाउँपालीका स्तरबाट विभिन्न कार्यक्रमहरु आयोजना गरीएको गाउँपालीका उपाध्यक्ष जानकी बोहराले बताईन् ।
कार्यक्रममा उपस्थित एकल महीलाहरुलाई ढाड्स दिदै उपाध्यक्ष बोहराले भनिन् –‘हाम्रो स्थानिय तहमा रहेका महीलाहरुको स्थिती देखेर मलाई निकै दयाँ लागेको छ, हामी तपाईहरुको पिडामा हातेमालो गरेर अगाडी बढ्न निरन्तर तपाईहरुको साथमा छौ ।’ उनले थपीन् यहाँ रहेका महीलाहरुको जिवनस्तर सुधारको लागी गाउँपालीका स्तरबाट थुप्रै कार्यक्रमहरु सञ्चालन गरीएको भएपनी केही गर्न नसके जस्तो लागेको छ, अगामी दिनमा थप कार्यक्रमहरु ल्याएर आउने छौ, महीलाहरुको जिवनस्तरमा साच्चीकै सुधार गरेर ल्याउने उनले प्रतिबद्धता जनाईन् ।