रौतहट चन्द्रनिगाहपुर–१ पौराही घर भएका उनीहरु गत २२ जेठदेखि टीकाथलीको एक घरमा फ्ल्याट भाडामा लिई बस्दै आएका थिए । आरोपीका छोरा र बुहारी विदेशमा भएको प्रहरीले बताएको छ । आमाबाबु विदेशमा रहेका कारण नाति नातिनीहरु हजुरबासँग बस्दै आएको प्रहरीले जनाएको छ ।
नातिनीले आफूलाई हजुरबाले सुतेको अवस्थामा अर्काे कोठामा लगेर बलात्कार गरेको भन्दै फुपूसँग गुनासो गरेपछि फुपूमार्फत प्रहरीसमक्ष बलात्कारको जाहेरी परेको थियो । त्यसपछि महानगरीय प्रहरी वृत्त सातदोबाटोले नातिनी बलात्कारको आरोप लागेका हजुरबालाई पक्राउ गरेको हो । वृत्तका डीएसपी गौतम मिश्रले नातिनी बलात्कारको आरोप लागेका हजुरबालाई ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए ।
‘दाइसँग सुतिरहेकी नातिनीलाई आफू सुतेको कोठामा लगेर बलात्कार तथा अप्राकृतिक मैथुन गरेको भन्ने खुल्न आएको छ । थप अनुसन्धान हुँदै छ,’ डीएसपी मिश्रले राजधानीसँग भने । यो समाचार राजधानी दैनिकमा लेखेको छ ।