• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

तरकारी काट्ने चक्कुले आफ्नै लिंग छिनाएपछि…

काठमाडौं, १३ असार । मोरङको लेटाङ नगरपालिका-३ मिलन चोकका २२ वर्षीय सुनिल राईले बिहीबार दिउँसो आफ्नै लिंग काटेका छन्।

तरकारी काट्ने चक्कुले लिंग छिनाएको प्रहरीले जनाएको छ। बुवा बुमा राईका अनुसार सुनिललाई जन्डिस सम्बन्धी पुरानो समस्या थियो। जन्डिसको समस्याले माानसिक रुपमै अस्वस्थ्य बन्दै गएका उनको यो क्रियाकलापले परिवारका सदस्य नै अचम्ममा परेका छन्। ‘जन्डिसको समस्याले एकोहोरो बन्दै गएको थियो’, बाबु बुमाले भने, ‘यो घटनाले परिवार नै अचम्ममा परेका छौँ।’

बुमाले घरमा परिवारका सदस्य कोही पनि नभएको अवस्थामा छोराले लिंग काटेको बाबुको भनाइ छ। विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि सुनिललाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ।

उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार उनको अवस्था खतरामुक्त भने छैन। प्रहरीका अनुसार अत्यधिक रक्तश्राव भएका कारण अवस्था गम्भीर बनेको हो। चिकित्सकले सिलाई गरेर लिंग जोड्ने प्रक्रिया सुरु गरेका छन्।

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक योगराज खतिवडाका अनुसार ४ वर्षअघि बिहे गरेका सुनिलका ३ वर्षीय छोरा पनि छन्। ‘आफ्नो स्वास्थ्यमा समस्या रहे पनि पारिवारिक सम्बन्धमा कुनै खटपट र बेमेल रहेको पाइएन,’ उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट मानसिक अवस्था त्यति राम्रो नरहेको पाइएको छ।’

‘कहिलेकाही घर बाहिर जाँदा परिवारका सदस्यले खोजेर ल्याएको बुझियो’, खतिवडाले भने, मानसिक अवस्थाका कारण लिंग काटिएको हुन सक्छ।’बुधबारसमेत घर छोडेर हिँडेका सुनिललाई परिवारका सदस्यले साँझ घर फर्काएका थिए।

कहिलेकाही अत्यधिक मादक पदार्थ सेवन गर्ने सुनिलले घटनाका बेला मादक पदार्थ सेवन नगरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। कमजोर मानसिक अवस्थाका कारण घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। यो समाचार अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

शुक्रबार, असार १३, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.