डोटी- डोटीमा साली नाता जबरजस्ती करणीको आरोपमा नेपाली सेनाका एक जवान पक्राउ परेका छन्। जिल्लाको सायल गाँउपालिकामा साली नाता पर्ने महिला ९वडा नं। र नाम(गोप्य० लाई जबरजस्तीकरणी गरेको आरोपमा सोही ठाउँ स्थायी बसोबास गर्ने नेपाली सेनाका ३५ वर्षीय जवान कृष्ण विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक लाल बहादुर धामीले साली नाता पर्ने महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा विष्टलाई पक्राउ हो ।
विष्ट नेपाली सेनाको कुमार दल गुल्म सुपारीटार हेटौडामा जवान पदमा कार्यरत रहेको उनले बताएका छन। उनका अनुसार असार ८ गते रातीको समयमा मादक पदार्थ सेवन गरी महिलालाई विष्टले जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको छ। घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।