धनगढी,१२ असार
धनगढी उप–महानगरपालिका प्रमुख नृपबहादुर वडले किशोर किशोरी संग परिवारको मात्रै नभएर देशको सपना जोडिएको बताएका छन् । ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) कैलालीले किशोर किशोरीहरुका लागि बिहीबार आयोजना गरेको दुब्र्यशन, प्रजनन् स्वास्थ्य र नेतृत्व विकास सम्वन्धी अभिमुखीकरण कार्यक्रममा नगरप्रमुख वडले यस्तो धारणा राखेका हुन ।
हरेक समाजको सम्वाहक किशोर किशोरी नै भएकाले समाजमा सकारात्मक परिवर्तनका लागि नेतृत्व लिन समेत नगरप्रमुखले किशोर किशोरीहरु संग आग्रह गरे । किशोर किशोरीहरुले दुब्र्यन, प्रजनन् स्वास्थ्यका बिषयमा थाहा पाउनुपर्छ नगरप्रमुख वडले भने, यी बिषयमा जानकारी नभएका कारण कैयोन किशोर किशोरीहरुको भविष्य नै संकट पर्ने गरेको छ । किशोर किशोरीहरुलाई दुब्र्यशनबाट बचाउनका लागि सचेतना फैलाउने काम भैरहेको छ ।
समाजको सम्वाहक किशोर किशोरी नै भएकाले समाजमा सकारात्मक परिवर्तनका लागि नेतृत्व लिन समेत नगरप्रमुखले किशोर किशोरीहरु संग आग्रह गरे । यो देश हाक्ने जिम्मेवारी भोली तपाईहरुको काँधमा आउँछ नगरप्रमुख वडले भने, भविष्य सुन्दर बनाउनका लागि अहिले नै सकारात्मक सोचका साथ अगाडी बढ्नु पर्छ ।
ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) कैलालीका अध्यक्ष ममता शाहले धनगढी उप–महानगरपालिका क्षेत्रका दुईसय भन्दा बढी किशोर किशोरीहरुलाई दुब्र्यशन, प्रजनन् स्वास्थ्य र नेतृत्व विकास सम्वन्धी अभिमूखीकरणमा सहभागि गराएको बताईन ।