धनगढी,१२ असार
धनगढी उप–महानगरपालिका १४ स्थीत पञ्चोदय माध्यमिक विद्यालयमा बिहीबार पढाई उत्सवको आयोजना गरिएको छ । राष्ट्रिय प्ररम्भीक कक्षा पढाई कार्यक्रम अन्तरगत पढाई उत्सवको आयोजना गरिएको हो । उत्सवमा वालमैत्री पढाई सामाग्री राखिएका छन् । प्रारम्भीकतहका वालबालिकाहरुलाई खेल तथा अभ्यासका माध्यमबाट सिकाउन थालिएको छ ।
पढाई उत्सव कार्यक्रमको उद्घाटन गर्दै धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बालबालिकाको मनोविज्ञानलाई बुझेर पढनपाठन गराउने विद्यालयले मात्रै सिकाई उपलब्धी हात पार्न सक्ने बताए । मानसिक दवावमा राखेर सिकाउन खोजेमा त्यसले वाल मनोविज्ञानमा नकारात्मक प्रभाव पार्न सक्छ नगरप्रमुख वडले भने, त्यसैले धनगढी उप–महानगरपालिकाले विद्यालयका पूर्वाधार देखि शिक्षकहरुलाई वालमैत्री बनाउन यस्ता कार्यक्रमको आयोजना गर्दै लगिरहेको छ ।
धनगढी उप–महानगरपालिका वडा नं १४ का अध्यक्ष राम बजारी चौधरीले कितावी ज्ञानलाई मात्रै सिकाईको रुपमा लिन नहुने बताए । उनले भने, कितावका साथै अतिरिक्त ज्ञान पनि वालबालिकालाई दिनुपर्छ । राष्ट्रिय प्ररम्भीक कक्षा पढाई कार्यक्रमका संयोजक राजेन्द्र रैकाले वालबालिकाहरुको पढाईमा सुधार ल्याउन धनगढी उप–महानगरपालिकाका २२ वटा विद्यालयमा राष्ट्रिय प्ररम्भीक कक्षा पढाई कार्यक्रम संचालन गरिएको बताए ।
