जगत देउवा
धनगढी ९ असार
धनगढीका बिभिन्न वडाका हावाहुरीबाट प्रभावित विपन्न एकल, सुत्केरी महिला, तथा वालवालिकालाई रुडकले राहत बितरण गरेको छ ।
महिला विकास तथा एकता केन्द्र (रुडुक)ले धनगढी उपमहानगरपालिकाका १, ३, ७ र १८ बडाका हावाहुरीबाट प्रभावित विपन्न एकल, सुत्केरी महिला, तथा वालवालिकालाई राहत बितरण गरेको छ ।
राहत सामग्रीमा सुत्केरी महिलालाई दैनिक उपभोग्य खाद्यान्न, लुगाकपडा, वालवालिकालाई स्टेशनरी लगाएतका सामग्री बितरण गरेको महिला विकास तथा एकता केन्द्र (रुडुक)की कोषाध्यक्ष प्रमिला लम्सालले जानकारी दिनुभयो ।
धनगढीका अन्य बिभिन्न प्रभावित वडाहरुका महिलाहरुलाई पनि राहत बितरण निरन्तरता रहेको कोषाध्यक्ष लम्सालले जानकारी दिनुभयो ।
राहत बितरण कार्यक्रममा महिला विकास तथा एकता केन्द्र (रुडुक) कैलाली शाखाकी अध्यक्ष ममता शाह, उपाध्यक्ष रेणु प्रधान श्रेष्ठ, सचिव सुनिता राना र कोषाध्यक्ष प्रमिला लम्साल रहनुभएको थियो ।