धनगढी ३१ जेठ
सुदूरपश्चिम प्रदेश सदस्य तथा नेपाली काँग्रेस संसदीय दलका प्रबक्ता माननिय डिल्लीराज पन्त हावाहुरीले पुगाएको क्षतिका बारेमा अनुगमन गरेका छन् ।
दैबिक विपत्तीमा सबैलेले आफ्नो क्षेत्रबाट पुननिर्माणका लागि सबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्ने नागरिकलाई प्रदेश सदस्य पन्तले आग्रह गर्नुभयो ।
अनुगमनका क्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीका भलमन्सा झरीलाल चौधरीले सबै भन्दा बढी बिद्युतका पोल भाचियर क्षति भएको जानकारी गराउनुभो ।
आफ्नो क्षेत्रबाट गाँउमा गाउलेलाई जुटाएर श्रमदान गरी पुननिर्माण गरिरहेको भलमन्सा चौधरीले जानकारी दिनुभयो ।
आफ्नो निर्वाचन क्षेत्रका बिभिन्न स्थानमा गएर क्षतिको बिवरण संकलन गरी प्रदेश सभाका कुरा राख्ने सुदूरपश्चिम प्रदेश सदस्य तथा नेपाली काँग्रेस संसदीय दलका प्रबक्ता पन्तले बताउनुभयो ।



