धनगढी, २९ जेठ
बालमैत्री विपद जोखिम न्युनीकरण सम्बन्धी कार्यक्रम साझा सवाल कार्यक्रम सम्पन्न भएको छ । वल्र्डभिजनको सहयोगमा सामाजिक विकासका लागि सचेत समाज सिएसएसडीद्धारा सञ्चालित नेपाल विपद जोखिम न्युनीकरण परियोजना अन्तर्गत कैलारी गाउँपालिका वडा नम्बर ८ मा कार्यक्रम सम्पन्न भएको हो ।
वडाका वासिन्दाहरुले वडाध्यक्ष दुखीराम कठरियासँग वालमैत्री विपद तथा विपदसँग सम्बन्धित विभिन्न प्रश्नहरु गरेका थिए । वडाध्यक्ष कठरियाले सहभागीले सोधेका प्रश्नको जवाफ दिनुभएको थियो । विपदको सवैले कैलारी गाउँपालिकाको दोस्रो नम्बरमा रहेको वडा नम्बर ८ मा विपदको प्राथमिकरण गरिएकोले आगामी आर्थिक बर्षमा विपद जोखिम न्युनीकरणका लागि विभिन्न कार्यक्रमलाई प्राथमिकता दिने प्रतिवद्धता वडाध्यक्ष कठरियाले जनाउनुभयो ।
वडाको विपद जोखीम न्युनीकरणको वजेट २० लाखभन्दा वढी गराउने, वडास्तरमा आपत्कालीन कोष निर्माण गर्ने, वडास्तरमा विपद् व्यवस्थापन कार्यविधि बनाउने, खोज तथा उद्धार सामाग्रीको जोहो गर्ने, वालमैत्री विपद जोखीम न्युनीकरण गर्न निति तथा कार्यक्रममा समावेश गरेर वजेट विनियोजन गर्ने लगायतका प्रतिवद्धता कार्यक्रममा वडाध्यक्ष दुखीराम कठरियाले जनाउनुभयो । स्थानीय वडाका प्रभावित समुदाय लगायत एक सय ३० जना वढी सरोकारवालाको विचमा भएको कार्यक्रमको सहजीकरण पत्रकार सीताराम ओझाले गर्नुभएको थियो ।